Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

पोखरामा वाईसियल गण्डकी प्रदेश कार्यलयको बैठक सम्पन्न

loading views..
Nepal Telcome

पोखरा,फागुन २ गते। वाईसियल गण्डकी प्रदेश कार्यलयको बैठक पोखरामा सम्पन्न भएको छ। यस बैठकमा गण्डकी प्रदेशका सम्पूर्ण जिल्लाका वाईसियल नेताहरूको उपस्थिति रहेको थियो। बैठकको अध्यक्षता गण्डकी प्रदेश संयोजक शरण सापकोटाले गरेका थिए।

नेकपा माओवादी केन्द्रका सचिव दिननाथ शर्माले वाईसियल गण्डकीको बैठकलाई सम्बोधन गर्दै भने,वाईसियल नेपाल वर्तमान सरकारका जनघाती कामको खबरदारीमा लागिरहेको छ।यो ठिक हो।जनघाति र जनबिरोधीहरुको भण्डाफोर गर्दै सबै युवाहरुलाई यसबारे बुझाउदै एकताबद्ध गर्दै समाजवादमा पुराउने लक्ष्य पार्टी रहेको पनि बताए।

बैठकमा वाईसियल नेपालका फ्याक्सन इन्चार्ज राम प्रसाद सापकोटा दिपशिखाले युवाहरूलाई मुलुकमा बढ्दै गएको अराजकताको विरुद्ध प्रतिवाद गर्न आह्वान गरे। उनले यसमा वर्तमान ओली सरकारलाई दोषी ठहराए।

बैठकमा वाईसियल नेपालका अध्यक्ष सुबोध सेर्पाली सम्बोधनका क्रममा,भ्रष्ट्रहरुलाई युवाहरुले सामाजिक बहिष्कार गर्नु पर्ने बताए।सम्बोधनको क्रममा सेर्पालीले भने कांग्रेस एमालेले जस्ता ठुला दलले भ्रष्ट्रचारीहरुलाई साथ दिदाँ मुलुकमा निरासा बढेको बताए।गण्डकीका युवाहरुलाई,युवासँग माओवादी अभियानमा पार्टीले संचालन गरेको तराई र पहाडी राजमार्ग केन्द्रित अभियानमा जोडिन सेर्पाली अनुरोध गरे।

बैठकमा सहभागी बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बहादुर गुरुङ कसमले वाईसियलले नयाँ योजना बनाउँदै थप कार्यक्रम घोषणा गर्ने बताए। उनले वाईसियलमा उत्साह बढेको पनि जानकारी दिए।

यस बैठकमा माओवादी केन्द्रका गण्डकी प्रदेशका सह-इन्चार्ज हरिराज अधिकारी कुमार, गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, सचिव जगनाथ खनाल, कोषाध्यक्ष तारा प्रसाद भुसाल र राज कुमार दुलाल लगायत अन्य नेताहरूको सहभागिता रहेको थियो।

बैठकमा वाईसियलका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बहादुर गुरुङ कसम, उपाध्यक्ष केयर सिंह कुंवर, सचिवहरू नरेश केसी, शुसिला कुवर, विपिन आचार्य, सुदिप नगरकोटी र हरि ढकाल साथै केन्द्रिय सदस्यहरू इश्वर बस्याल, थमन गुरुङ, भोजराज पौडेल, रुद्र बहादुर विश्वकर्मा र बसन्त बास्तोलाको उपस्थिति रहेको थियो।

बैठकले वाईसियलले आगामी दिनमा नयाँ योजना र कार्यक्रमहरू ल्याउने घोषणा गरेको छ। यसले पार्टीभित्र उत्साह बढेको पनि बताइएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link