Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

नेपाल विद्युत प्राधिकरणद्वारा गोरखामा नयाँ ११ के.भी. लाइन निर्माण सम्पन्न

loading views..
Nepal Telcome

गोरखा, फागुन ६ गते । नेपाल विद्युत प्राधिकरणले गोरखा वितरण केन्द्र अन्तर्गत पर्ने विभिन्न स्थानहरुमा नयाँ ११ के.भी. विद्युत लाइन निर्माण कार्य सम्पन्न गरेको छ।
प्राधिकरणले गोरखा सबस्टेशनदेखि बतासे, खिरेपानी, डण्डीडाँडा, हिलेपोखरी, मधुपानी, मान्द्रेढुंगा, माछापोखरी हुँदै छेपेटारसम्म नयाँ लाइन विस्तार गरेको हो।
उक्त लाइनमा २०८१ फागुन ७ गते बुधबारदेखि ११००० भोल्टेज विद्युत प्रसारण/प्रवाह गरिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले विद्युत संरचनाहरु (पोल, तार, स्टेक, ट्रान्सफरमर आदि) मा नजिक नजान, नछुन र बालबालिका तथा पशुचौपायाहरुलाई नछाड्न समेत अनुरोध गरेको छ।
साथै, विद्युत प्रसारणको क्रममा कुनै पनि स्थानमा विद्युत तार चुँडिएको, स्पार्क भएको वा कुनै कैफियत देखेमा तत्काल प्राधिकरण कार्यालयको फोन नं. ०६४-४२०१७७, ०६४-४२०४७७ वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनुहुन समेत अनुरोध गरिएको छ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link