Skip to content
Pokharapress Logo
१७ जेष्ठ २०८३, आईतवार

२ अर्ब बढीको अवैध अनलाइन जुवा खेलाउने ४ भारतीय नागरिक पक्राउ

loading views..
Nepal Telcome

काठमाडौं, फागुन ६ गते। काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. २ स्थित एक घरमा भाडामा बसी अवैध अनलाइन गेमिङ वेबसाइट प्रयोग गरी अनलाइन जुवा (सट्टाबाजी) खेलाउने कार्यमा संलग्न ४ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
बुढानिलकण्ठस्थित उक्त घरमा अवैध गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग बुढानिलकण्ठको संयुक्त टोलीले छापा मारेको थियो। छापा मार्ने क्रममा उनीहरुलाई अनलाइन जुवा खेलाइरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश गोरखपुर जिल्लाका २२ वर्षीय एमडी आरिफ हुसेन, भारत उत्तर प्रदेश फतेहपुर जिल्लाका ४२ वर्षीय अब्दुल कलाम, भारत उत्तर प्रदेश गोरखपुर जिल्लाका २५ वर्षीय अभिषेक मदेशिया र भारत उत्तर प्रदेश फतेहपुर जिल्लाका ४० वर्षीय इरफान पठान रहेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरुले २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गरी अवैध अनलाइन जुवा खेलाउने गरेको खुलेको छ। उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।
उनीहरुको साथबाट १२ थान विभिन्न कम्पनीका ल्यापटप र १२ थान विभिन्न कम्पनीका मोबाइल बरामद गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link