Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

ग्लोबल आइएमई बैंकद्वारा ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक

loading views..
Nepal Telcome

काठमाडौं,फागुन२४गते। ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमीहरूलाई लक्षित गर्दै ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक गरेको छ। विशेष गरी महिला उद्यमीहरूलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित ल्याइएको यो कर्जा योजनाले रोजगारी सिर्जना, सामाजिक विकास र स्थानीय समुदायहरूको आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

यस योजनाअन्तर्गत महिलाहरूलाई व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गरिनेछ। कृषि, उत्पादन, प्रशोधन तथा बजारीकरण क्षेत्रमा सञ्चालन हुने घरेलु, साना तथा मझौला उद्योगलाई बैंकले विशेष प्राथमिकता दिनेछ। बैंकले न्यूनतम ब्याजदरमा १० करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्ने व्यवस्था मिलाएको छ।

महिलाहरूको कम्तीमा ५० प्रतिशत स्वामित्वमा सञ्चालित तथा उनीहरुकै नेतृत्वमा रहेका व्यवसायहरू मात्र यो कर्जा योजनाका लागि योग्य हुनेछन्। साथै, कर्जा लिने उद्यमीहरूलाई बैंकले ‘उद्यमी डिजिटल उपहार’ समेत प्रदान गर्नेछ।

ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत नेपालकै सर्वश्रेष्ठ बैंकको रूपमा सम्मान प्राप्त गरेको छ। यसबाहेक, बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट पनि विभिन्न विधामा सम्मान प्राप्त गरिसकेको छ।

नेपालभर ७७ वटै जिल्लामा सेवा विस्तार गरेको ग्लोबल आइएमई बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकसँग ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा विदेशी प्रतिनिधि कार्यालय छन्। यी सबै गरी १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

नेपालमा मात्र नभई, बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत विभिन्न मुलुकबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link