Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

काठमाडौंमा महिलाको हत्या प्रकरण: नाबालक सहित पाँच जना पक्राउ

loading views..
Nepal Telcome

काठमाडौं, फागुन २६ गते। काठमाडौंको गोंगबुस्थित बागमती खोलाको बिच भागमा अन्दाजी ३०/३५ वर्षकी महिलाको शव भेटिएको घटनामा संलग्न भएको आरोपमा नाबालकसहित पाँच जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार, फागुन २४ गते बिहान ११:४० बजे बागमती खोलामा महिलाको शव भेटिएपछि अनुसन्धान अगाडि बढाइएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आशंकामा गोंगबु, मकवानपुर, नुवाकोट र सिन्धुपाल्चोकका पाँच जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, काठमाडौंले जनाएको छ।

पक्राउ परेका व्यक्ति

१. केशव खड्का – सर्लाही बागमती निवासी, हाल गोंगबु बस्ने, उमेर २५ वर्ष
२. सुरेश तामाङ – मकवानपुर हेटौडा शिखरपानी निवासी, हाल ऐं, गोंगबु कृष्ण मन्दिर बस्ने, उमेर २० वर्ष
3. रोशन तामाङ – नुवाकोट मेघाङ-५ निवासी, हाल ऐं, गोंगबु कृष्ण मन्दिर बस्ने, उमेर २० वर्ष
4. पुजा परियार – सिन्धुपाल्चोक टिपिनी निवासी, हाल ऐं, गोंगबु बस्ने, उमेर २० वर्ष
5. एक नाबालक (नाम गोप्य)

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link