Skip to content
Pokharapress Logo
१४ श्रावण २०८३, बिहीबार

जनप्रिय बहुमुखी क्याम्पसको निर्वाचन प्रक्रिया स्थगित

loading views..
Nepal Telcome

पोखरा,चैत्र ३ गते। जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया हाललाई स्थगित गरिएको छ। क्याम्पस प्रमुख कृष्ण बाबु बरालले एक सूचना जारी गर्दै निर्वाचन प्रक्रिया अगाडि बढाउन सहज वातावरण नभएको कारण देखाउँदै अर्को सूचना प्रकाशित नगरेसम्मका लागि निर्वाचन स्थगित गरिएको जानकारी गराएका छन्।

यसअघि गठन गरिएको निर्वाचन समितिले तोकिएको मितिमा स्वतन्त्र, निष्पक्ष र स्वच्छ रूपमा निर्वाचन सम्पन्न गर्ने तयारी गरिरहेको भए पनि विविध कारणले असहज परिस्थिति सिर्जना भएको बताइएको छ। विद्यार्थी संगठनहरूबीचको सहमतिको अभाव र अन्य प्रशासनिक कारणले निर्वाचन प्रक्रिया अगाडि बढाउन कठिनाइ भएकाले हाललाई प्रक्रिया स्थगित गरिएको क्याम्पस प्रशासनले जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link