Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

प्रगतिशील लेखक संघ गण्डकी प्रदेशको तेस्रो अधिवेशन

loading views..
Nepal Telcome

पोखरा, चैत्र ३ गते। प्रगतिशील लेखक संघ गण्डकी प्रदेशको तेस्रो अधिवेशन यही चैत्र ९ गते शनिबार बिहान १०:०० बजे घनश्याम स्मृति कक्ष, सहिद चोक पोखरामा सम्पन्न हुँदैछ। प्रगतिशील साहित्यिक विचारधारासँग सम्बन्धित यस अधिवेशनको प्रमुख अतिथि दर्शनशास्त्रका शोधकर्ता तथा प्रगतिशील लेखक संघका केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष समीर सिंह रहनु हुनेछ।

कार्यक्रमको एक विशेष आकर्षणका रूपमा संघको आवधिक प्रकाशन गण्डक आलोक -दुईको परिचर्चा कार्यक्रम पनि रहेको छ। सम्पादक मण्डलका अनुसार गण्डक आलोकको यो दोस्रो अंक प्रगतिशील निबन्ध विशेषाङ्कका रूपमा प्रकाशन गरिएको छ। करिब ५५० पृष्ठभन्दा माथिको यो विशेषाङ्कलाई निबन्ध खण्ड, विचार/सौन्दर्य खण्ड, र शोध समीक्षा खण्ड गरी तीन भागमा विभाजन गरिएको छ। यस प्रकाशनलाई निबन्धमा रुचि राख्ने लेखक, पाठक तथा अनुसन्धानकर्ताहरूका लागि विशेष उपयोगी हुने देखिन्छ।

प्रधान सम्पादक साहित्यकार तथा समालोचक यादवराज उपाध्याय रहनु भएको छ भने निर्मल सापकोटा र रुपिन्द्र प्रभावी जोशी सम्पादकको जिम्मेबारीमा रहनु भएको छ। कार्यक्रमले प्रगतिशील साहित्यको प्रवर्द्धन गर्दै नवीन सृजनात्मक विमर्शलाई अगाडि बढाउने अपेक्षा गरिएको छ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link