#स्ववियु निर्वाचन

विभिन्न क्याम्पसमा अखिल (क्रान्तिकारी) को शानदार जित

विभिन्न क्याम्पसमा अखिल (क्रान्तिकारी) को शानदार जित

काठमाडौं,चैत्र ५ गते। देशभरका विभिन्न क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनको नतिजा सार्वजनिक हुँदै गर्दा अखिल (क्रान्तिकारी) ले धेरै क्याम्पसमा  शानदार जित हासिल गरेको छ।

पुल्चोक क्याम्पसमा अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने सचिव पदमा अखिल (क्रान्तिकारी) ले जित हात पारेको छ। फारुला बहुमुखी क्याम्पस, दार्मामा हिमा शर्माको नेतृत्वमा अखिल (क्रान्तिकारी) को प्यानल नै विजयी भएको छ। गल्कोट क्याम्पस र रामपुर बहुमुखी क्याम्पस, कञ्चनपुरमा पनि अखिल (क्रान्तिकारी) ले नेतृत्व हात पारेको छ।

चितवन इन्जिनियरिङ क्याम्पसमा सभापति पदमा प्रज्वल अधिकारी विजयी भएका छन् भने मेलम्ची भ्याली क्याम्पस, हेलम्बुमा राजन गिरीले नेतृत्व पाएका छन्। पाँचथरको रवि क्याम्पसमा पुनम लावतीको नेतृत्वमा अखिल (क्रान्तिकारी) को प्यानल विजयी भएको छ।

तनहुँको आबुखैरेनी क्याम्पसमा निशान मगरको नेतृत्वमा अखिल (क्रान्तिकारी) को प्यानल विजयी भएको छ। त्यसैगरी उदयपुरको नारद आदर्श शिक्षा क्याम्पसमा ज्ञानदिल थुलुङ राई सभापति भएका छन्। बर्दियाको गुराँस बहुमुखी क्याम्पसमा तिलक शर्माको नेतृत्वमा अखिल (क्रान्तिकारी) को प्यानल विजयी भएको छ।

सिन्धुलीको सुनकोशी क्याम्पसमा अखिल (क्रान्तिकारी) को एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको छ। डोटीको केदार सुर्य बहुमुखी क्याम्पसमा यशोदा बोहोराको नेतृत्वमा अखिल (क्रान्तिकारी) को प्यानल विजयी भएको छ।

सिन्धुपाल्चोकको जलबिरे भ्याली क्याम्पसमा अनेरास्ववियु र नेविसंघको गठबन्धनलाई पराजित गर्दै असोक ढुंगानाको नेतृत्वमा अखिल (क्रान्तिकारी) को प्यानल विजयी भएको छ। रुकुम पूर्वको सिस्ने शिक्षा क्याम्पसमा अम्मर खत्रीको नेतृत्वमा अखिल (क्रान्तिकारी) को प्यानल नै विजयी भएको छ।

जनकपुर इन्जिनियरिङ क्याम्पसमा प्रकाश पुडासैनी सभापति भएका छन् भने रानिवासको श्रीङ्गिश्वर बहुमुखी क्याम्पसमा विशाल थापाको नेतृत्वमा अखिल (क्रान्तिकारी) को प्यानल विजयी भएको छ।

त्यस्तै, मोरङको रमाइलो क्याम्पस, कानेपोखरी र मिक्लाजुङ क्याम्पसमा पनि अखिल (क्रान्तिकारी) को नेतृत्व कायम रहन सफल भएको छ।

देशभरि जारी विद्यार्थी राजनीतिमा अखिल (क्रान्तिकारी) को प्रभाव झन् मजबुत बन्दै गएको देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.