Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

गोरखा क्याम्पसमा अखिल (क्रान्तिकारी)को ऐतिहासिक जित, सुलभ अंगाई अध्यक्षमा निर्वाचित

loading views..
Nepal Telcome

गोरखा,चैत्र ६ गते। गोरखा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यु.) निर्वाचनमा अखिल (क्रान्तिकारी)ले ऐतिहासिक जित हासिल गरेको छ। अखिल (क्रान्तिकारी)का उम्मेदवार सुलभ अंगाईले ने.वि.संघ र अखिलको गठबन्धनलाई भारी मतान्तरले पराजित गर्दै अध्यक्ष पदमा विजयी भएका छन्।
सुलभ अंगाईले २०२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वीले १६१ मत मात्र प्राप्त गरे। अंगाई ४८ मतान्तरले विजयी भएका हुन्। अखिल (क्रान्तिकारी)ले अध्यक्ष पदका साथै सम्पूर्ण प्यानलमा जित हासिल गरेको छ।
निर्वाचनको नतिजा घोषणा भएपछि क्याम्पस परिसरमा अखिल (क्रान्तिकारी)का विद्यार्थीहरूले विजय जुलुस निकालेका थिए। उनीहरूले नाराबाजी गर्दै एकअर्कालाई बधाई दिएका थिए।
विजयी भएपछि सुलभ अंगाईले विद्यार्थीहरूको हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले क्याम्पसको शैक्षिक गुणस्तर सुधार गर्न र विद्यार्थीहरूका समस्या समाधान गर्न आफू सधैँ तत्पर रहने बताए।

त्यसै गरेर सचिवमा १९९ मत ल्याएर अखिल क्रान्तिकारीका रुपेश विश्वकर्मा निर्वाचित भएका छन् । उनले अनेरास्ववियुका राजाराम बोहरालाई पराजित गरेका हुन् । बोहराले १७१ मत ल्याएका छन् ।

कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी आयुषा अर्याल बिजयी बनेकी छन् । नेविसंघकी सविना गुरुङलाई ४२ मतले पछि पार्र्दै अर्याल विजयी बनेकी हुन् । अर्यालले २०६ मत ल्याएकी छन् भने गुरुङले १६४ मत ल्याएकी छन् ।

सदस्यहरुमा अभिषेक राना, सलिना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार र सबिना थापा निर्वाचित भएका छन् । उनीहरु सबै अखिल क्रान्तिकारीका हुन् ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link