Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

काठमाडौं उपत्यकाका क्याम्पसहरूमा अखिल क्रान्तिकारीको वर्चस्व

loading views..
Nepal Telcome

काठमाडौं,चैत्र ६ गते। काठमाडौं उपत्यकाका पाँच क्याम्पसमा भएको स्ववियु चुनावमा अखिल (क्रान्तिकारी) का उम्मेदवार सभापतिमा विजयी भएका छन्।

जनप्रशासन क्याम्पस बल्खु, बानेश्वर क्याम्पस, सानोठिमी क्याम्पस भक्तपुर, जनकपुर इन्जिनियरिङ कलेज भक्तपुर र काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा अखिल (क्रान्तिकारी) का उम्मेदवारले सभापतिमा जित हासिल गरेका हुन्।

स्ववियु सभापतिका रूपमा जनप्रशासन क्याम्पसमा अनिकेत तिवारी, बानेश्वर क्याम्पसमा भूमिराज अधिकारी, जनकपुर इन्जिनियरिङ कलेजमा प्रकाश पुडासैनी, सानोठिमी क्याम्पसमा नरेन्द्रसिंह ठगुन्ना, र काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा अपार पराजुली निर्वाचित भएका छन्।

यस्तै, ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पस र थापाथली इन्जिनियरिङ क्याम्पसमा स्ववियु सचिव पदमा अखिल (क्रान्तिकारी) का उम्मेदवार विजयी भएका छन्। पुल्चोकमा दिवस सापकोटा र थापाथलीमा जेसिस उपाध्यायले जित हासिल गरेका छन्।

स्ववियु सभापति पदतर्फ भने पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ र थापाथली इन्जिनियरिङ क्याम्पसमा नेविसंघका प्रह्लाद खड्का विजयी भएका छन्।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link