Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

प्रचण्डको आरोप: सरकारको जन्म नै अप्राकृतिक भबएकोले लामो समय टिक्दैन

loading views..
Nepal Telcome

काठमाडौं,चैत ६ गते। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार दीर्घकालसम्म टिक्न नसक्ने बताएका छन्। बुधबार बाराको सिमरामा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘अप्राकृतिक रूपमा जन्मिएको’ भन्दै आलोचना गरे।

उनले सरकार जनताको पक्षमा काम गर्न असमर्थ रहेको आरोप लगाउँदै, लामो समय सत्तामा रहन नसक्ने दाबी गरे। उनले आफू प्रधानमन्त्री रहँदा भ्रष्टाचारविरोधी अभियान सञ्चालन गरेको उल्लेख गर्दै, सो अभियान नेपालमा पहिलो ठुलो भ्रष्टाचारविरोधी प्रयास भएको दाबी गरे।

प्रचण्डका अनुसार, उक्त अभियान अन्तर्गत राजनीतिक दलका नेताहरू, उच्च सरकारी अधिकारीहरू, भूमाफिया लगायतलाई छानबिनको दायरामा ल्याइएको थियो। त्यस क्रममा नागरिकताको समस्या, मिटरव्याज पीडितको मुद्दालगायत सामाजिक न्यायका विषयमा उल्लेखनीय कार्य गरिएको उनले बताए।

तर, उनले दाबी गरे कि जनहितका काम भइरहेका बेला दलाल, विचौलिया र प्रतिक्रियावादी शक्तिहरूले षड्यन्त्र गरी आफ्नो सरकार ढालेका थिए।

‘अहिलेको सरकारको जन्म नै गलत तरिकाले भएको छ। यसले राष्ट्र र जनताको हितमा काम गर्न सक्दैन। किनभने यसको स्थापना नै भ्रष्टाचारलाई जोगाउन गरिएको हो,’ प्रचण्डले भने। उनले सरकारलाई टिकाइराख्न विभिन्न षड्यन्त्र भए पनि दीर्घकालसम्म टिक्न नसक्ने जिकिर गरे।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link