Skip to content
Pokharapress Logo
२६ श्रावण २०८२, सोमबार

रेडक्रसको सातौ उपशाखा सभा सम्पन्न

गोरखा । नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका मन्त्री राजेन्द्र न्यौपानेले नेपाल रेडक्रस सोसाइटी स्वयंसेवी भावना भएका मानवहरुको  लगानीका कारण स्थापित भएको संस्था हो । रेडक्रसमा लागेर मानिसहरु सामाजिक सेवामा समर्पित भएर मात्र चर्चामा आएका हुन। समाजसेवाको भावनाले ओतप्रोत भएर जीवनका उर्वरशील उमेरमा गरेको लगानीलाई  हल्का फुल्का रुपमा लिन कदापि नहुने करा बताउँदै ,नेपाल रेडक्रस सोसाइटी स्वयंसेवकहरुलाई राजनैतिक भर्ती केन्द्रको रुपमा भर्ना गर्न थालिए यसले भविष्यमा सामाजिक उत्तरदायित्वको भावना कमजोर हुने र दुरदराजको विकास र पहुँच नभएका नागरिकहरुको सेवामा जोखिम बन्ने खतरा रहेको बताए । रेडक्रसका सात सिद्धान्त कण्ठ हुँदैमा रेडक्रसकर्मी नहुने बताउँदै सिद्धान्तलाइ कार्यन्यवनमा ल्याउन आफैबाट सुरु गर्नुपर्ने उनको भनाइ थियो ।

गण्डकी गाउँपालिका स्थित घ्याल्चोक उपशाखाको सातौं उपशाखा सभालाई  सम्बोधन गर्दै रेडक्रसका मन्त्री न्यौपानेले सो कुरा बताएका हुन् । केन्द्रमा हुने अनियमितताका कुरालाई लिएर जिल्ला र उपशाखा स्तरमा पुगेर स्वयंसेवी मनहरुलाई विचलनमा ल्याउन नहुने भनाइ राख्दै संस्थालाई अझै चलायमान बनाउन धेरै नागरिकहरुलाई यसमा गोलबद्ध गर्नुपर्ने बताए ।

कार्यक्रममा गण्डकी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रामप्रसाद रेग्मीले रेडक्रस र रगत एक अर्कामा परिपूरक रहेको बताए । घ्याल्चोक उपशाखाका लागि एम्बुलेन्स खरिद गर्न वडाबाट रकम उपलब्ध गराएको तर राज्यको झण्झटिलो प्रक्रियाका कारण यो वर्ष नसकिने अवस्थामा पुगिएको बताउँदै प्रक्रिया पूरा  भएका दिन एउटा एम्बुलेन्सका लागि लाग्ने खर्च वडाबाट पुन: उपलब्ध गराउने बताए । गण्डकी गाउँपालिकामा विपदको समयमा रेडक्रसले गरेको सहयोग कसैले भुल्न नसक्ने बताए।

यसैगरी सामाजिक व्यक्तित्व वासु रेग्मीले युद्धका समयमा मानवीय भावनाले स्थापना भएको संस्था रेडक्रसले दुखका समय नागरिकहरुको सेवा गरिरहेको बताए ।

घ्याल्चोक उपशाखा सभापति चिरञ्जिवी रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमका सञ्चालन भएको थियो।

 

arrow प्रतिक्रिया दिनुहोस्