Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

नेपाल विद्युत् प्राधिकरणमा नेतृत्व परिवर्तन: कुलमान घिसिङ बर्खास्त,ओलीको सालो हितेन्द्र देव शाक्य नियुक्त

loading views..
Nepal Telcome

काठमाडौं,चैत्र ११ गते। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारद्वारा बर्खास्त गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

घिसिङलाई २०७८ साउन २५ गते बसेको मन्त्रिपरिषद् बैठकले दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। तर, सरकारको पछिल्लो निर्णयअनुसार उनी अब प्राधिकरणमा रहने छैनन्।

उनको स्थानमा प्रधानमन्त्रीको सालो हितेन्द्र देव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशकको रूपमा नियुक्त गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको नेतृत्व सुम्पने निर्णय गरेको हो।

यस निर्णयबारे सरकारले औपचारिक रूपमा कुनै विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link