Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

नेपाल प्रहरीद्वारा अनलाइन जुवा सञ्चालन गर्ने भारतीय गिरोह पक्राउ

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं, चैत्र १४ गते। नेपाल प्रहरीद्वारा अनलाइन जुवा (सट्टाबाजी) सञ्चालन गर्दै आएका भारतीय नागरिकहरूको ठूलो गिरोहलाई पक्राउ गरेको छ। काठमाडौं जिल्ला, बूढानीलकण्ठ नगरपालिका-३, देउला टोलस्थित घर भाडामा लिएर अवैध जुवा सञ्चालन भइरहेको सूचना पाएपछि प्रहरीले सर्च अभियान चलाएको थियो।

अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूले अनलाइन मार्फत २ अर्ब रुपैयाँभन्दा बढी रकमको सट्टाबाजी सञ्चालन गरिरहेको खुलेको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानबाट ९६ लाख ३३ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको क्रिप्टोकरेन्सी कारोबार समेत भएको पुष्टि गरेको छ।

पक्राउ परेकाहरू र बरामद सामग्री

प्रहरीले अनलाइन जुवामा संलग्न भारतीय नागरिकहरूलाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

यस क्रममा प्रहरीले निम्न सामग्रीहरू बरामद गरेको छ:

३४ थान मोबाइल फोन

५ थान ल्यापटप

४ थान हिसाब-किताबको अभिलेख राखिएको नोटबुक

१४ थान भारतीय बैंक खाताका चेकबुक

२७ थान भारतीय एटीएम कार्ड

४० थान भारतीय सिम कार्ड

पक्राउ परेका भारतीय नागरिकहरू:

सनी मिणा (२४) – जयपुर, राजस्थान
मोहित वर्मा (२५) – आलुवा, राजस्थान
पियूष भारद्वाज (२६) – शिक्कर, राजस्थान
हरकेश डडैया (२५) – जयपुर, राजस्थान
निशांत भारद्वाज (२२)
आकाश वर्मा (२३)
अंकित कुमार सैनी (१९)
सन्जु शाकला (२३)
रामसिंह जाठ (२८)
लोकेश कुमार (१९)
विकाश कुमार (१९)

प्रहरीका अनुसार पछिल्लो समय अनलाइन जुवाको लतले धेरै सर्वसाधारण आर्थिक रूपमा बर्बाद हुने घटना बढ्दै गएको छ। यस्ता अवैध गतिविधिहरू नियन्त्रण गर्न प्रहरीले निगरानी बढाइरहेको जनाएको छ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link