Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

२५औं वार्षिकोत्सव तथा नववर्ष २०८२ को अवसरमा विशेष कार्यक्रम सम्पन्न

loading views..
Nepal Telcome

पोखरा,चैत्र १६ गते। पोखरा महानगरपालिका प्रमुख श्री धनराज आचार्यको प्रमुख आतिथ्यतामा २५औं वार्षिकोत्सव तथा नववर्ष २०८२ सालको शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन तथा प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

सिल्भर पार्टी प्यालेस, बास्तोलाथर, महेन्द्रपुलमा आयोजित उक्त कार्यक्रममा बिशिष्ट अतिथिहरू, विभिन्न प्रशिक्षकज्यूहरू (ला. चन्द्रकुमार केसी, रबी आचार्य, नवीन श्रेष्ठ, मानबहादुर पुजारा), पूर्व अध्यक्षहरू, सल्लाहकारज्यूहरू, आजीवन सदस्यज्यूहरू, पत्रकार मित्रहरू, सुरक्षाकर्मी मित्रहरू तथा शुभचिन्तकज्यूहरूको उपस्थितिले कार्यक्रमलाई सफल बनाएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका प्रमुख श्री धनराज आचार्यले आफ्नो मन्तव्य दिँदै संस्थाको योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी गतिविधिहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। प्रशिक्षकहरूले उपस्थित व्यक्तिहरूलाई प्रभावकारी प्रशिक्षण प्रदान गरेका थिए।

संस्थाका अध्यक्ष चिन्तामणी खरेलले सम्पूर्ण उपस्थित महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै विज्ञापनदाताहरू तथा सहभागीहरूलाई आभार प्रकट गर्नुभयो।

कार्यक्रमको सफल समापनसँगै नववर्ष २०८२ को मंगलमय शुभकामना आदानप्रदान गरिएको थियो।

 

 

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link