Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश

loading views..

भैरहवा, चैत्र २२ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको अघिल्लो आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो।

बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको मुद्दामा जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, उक्त आदेश चित्त नबुझेको भन्दै पुनरावेदन गरिएको थियो। सोही पुनरावेदनको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको आदेश उल्टाउँदै उनलाई थुनामा राख्न आदेश दिएको उच्च अदालत बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।

त्यस्तै, पूर्वडीआईजी छविलाल जोशीसमेत सोही मुद्दामा संलग्न रहेको आरोपमा रहेका छन्। जिल्ला अदालतले जोशीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो, जसलाई उच्च अदालतले सदर गरेको छ।

यस प्रकरणले रास्वपा र त्यसका सभापति लामिछानेको राजनीतिक यात्रा र विश्वसनीयतामा ठूलो असर पार्ने देखिएको छ।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्