Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

नेपाली जनप्रगतिशील मञ्च जापानद्वारा सदस्यता विस्तार, नविकरण तथा आन्तरिक भेला आयोजना

loading views..
Nepal Telcome

अप्रिल २६, टोकियो। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्च जापानले आगामी अप्रिल २७ (आईतबार) टोकियोको ओकुबोमा विशेष आन्तरिक भेला आयोजना गर्ने भएको छ।

मञ्चका अध्यक्ष मोहन पौडेलका अनुसार, कान्तो क्षेत्रमा रहेका सदस्यहरूको नविकरण तथा नयाँ सदस्यता वितरणसँगै समाजवादी गणतन्त्रको निर्माणमा प्रवासी नेपालीको भूमिका थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

“समाजवादी गणतन्त्र निर्माणमा प्रवासी नेपालीको ऐक्यबद्धता, सामाजिक सुरक्षासहित मजदूर हकहितका लागि जनप्रगतिशील मञ्चको प्रतिबद्धता” भन्ने मूल नाराका साथ कार्यक्रम अगाडि बढाइएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो।

उहाँले थप भन्नुभयो, “परिवर्तन र अग्रगमनका पक्षधर प्रगतिशीलहरूलाई संगठित गर्दै प्रवासबाटै सरकारले गरेका गलत कामकारवाहीको खबरदारी गर्नु नै मुख्य उद्देश्य हो।”

कार्यक्रम संयोजक समेत रहेका पौडेलका अनुसार जापानभरका विभिन्न क्षेत्रीय इकाइहरूले पनि आन्तरिक भेला तथा सदस्यता अभियान जारी राखेका छन् भने केही क्षेत्रहरूमा कार्यक्रम सम्पन्न भइसकेको छ।

नेपाली विद्यार्थी, श्रमिक र समस्यामा परेका नेपालीहरूको पक्षमा सदैव सक्रिय रहँदै आएको मञ्चले नेपालमा प्राकृतिक विपत्तिका बेला राहत तथा सहयोगका कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link