Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

शोधप्रस्ताव लेखनसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

loading views..
Nepal Telcome

रेशम बहादुर के सी/पोखरा, बैशाख २२ गते। पृथ्वी नारायण क्याम्पसको इतिहास तथा संस्कृति विभागले विद्यार्थीहरूलाई लक्षित गर्दै ‘शोधप्रस्ताव लेखन सम्बन्धी कार्यशाला गोष्ठी’को आयोजना गरेको छ। गोष्ठी पोखरा वडा नं. १६ स्थित ढिकीडाँडामा सम्पन्न भएको हो।

गोष्ठीमा इतिहास विषयको तेस्रो र चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यशालामा प्रमुख प्रशिक्षकका रूपमा सहप्राध्यापक अर्जुन बहादुर भण्डारीले प्रशिक्षण दिनुभएको थियो भने सहप्राध्यापक डा. दीर्घमान गुरूङ, उपप्राध्यापक चन्द्रकान्त पौडेल, लक्ष्मण श्रेष्ठ र तोयनाथ देवकोटाले समेत प्रशिक्षण प्रदान गर्नुभएको थियो।

कार्यक्रमका दौरान निवर्तमान विभागीय प्रमुख सहप्राध्यापक बसन्तप्रसाद पराजुलीले यस्तो प्रकारको गोष्ठी शोधप्रस्ताव लेखनका लागि अत्यन्तै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।

विभागीय प्रमुख नारायण ढकालको अध्यक्षतामा सम्पन्न गोष्ठीको उद्घाटन कार्यक्रममा उपप्राध्यापक चन्द्रकान्त पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने विद्यार्थीहरूको तर्फबाट बिपिन आचार्यले विचार व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन तोयनाथ देवकोटाले गर्नुभएको थियो।

अध्यक्षको तर्फबाट मन्तव्यमा विभागीय प्रमुख ढकालले शोधप्रस्ताव लेखनको तयारीमा रहेका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले उनीहरूलाई लेखन प्रक्रियामा सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्दै, विषय विज्ञ प्राध्यापकहरूको अनुभव विद्यार्थीहरूसँग बाँड्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

यस्तो खालका शैक्षिक कार्यक्रमहरूले विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link