Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

चौरजहारीको जनसभा मध्य पहाडी लोकमार्ग अभियानको विशेष कार्यक्रम : अध्यक्ष प्रचण्ड

loading views..
Nepal Telcome

रूकुम, जेठ ७ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूकुम पश्चिमको चौरजहारीमा आयोजित जनसभालाई मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गतको विशेष कार्यक्रमको रूपमा वर्णन गर्नुभएको छ।

सानीभेरी गाउँपालिका चाइनाबगरबाट रूकुम प्रवेश गरेको प्रचण्ड नेतृत्वको टोलीलाई विभिन्न कार्यक्रमहरूपछि मुसिकोट नगरपालिका–५ स्थित सेरी गाउँमा बासको व्यवस्था गरिएको थियो। सेरीमा स्थानीयबासी, पार्टी नेता तथा कार्यकर्ताहरूले फूलमाला र नाराजुलुससहित टोलीलाई स्वागत गरेका थिए।

सेरीमै आयोजित छोटो सम्बोधनमा अध्यक्ष प्रचण्डले रूकुममा प्रवेश गरेदेखि कार्यक्रमहरू उत्साहजनक रहेको बताउनुभयो। उहाँले चौरजहारीको जनसभामा देखिएको सहभागिता र समर्थन उल्लेखनीय भएको बताउँदै, उक्त जनसभालाई अभियानकै एक सशक्त कार्यक्रमको रूपमा औंल्याउनुभयो।

“रूकुमबासीको माया र समर्थनले हामीलाई थप जिम्मेवार बनाएको छ,” प्रचण्डले भन्नुभयो, “अब विकासका योजना र पार्टीको प्राथमिकता रूकुममै केन्द्रित हुनेछ।”

उहाँले पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा स्थानीय तहसँग सहकार्य गर्दै अगाडि बढ्ने पार्टीको योजना रहेको जानकारी दिनुभयो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link