Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

पोखरामा बढी भाडा असुल्ने InDrive राइडरहरूलाई कारबाही

loading views..
Nepal Telcome

पोखरा, जेठ १९ गते। InDrive सवारी सेवा प्रयोग गरी यात्रुहरूबाट निर्धारित भन्दा बढी भाडा असुल्ने राइडरहरूमाथि प्रहरीले कारबाही गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्राप्त जानकारीअनुसार, मिति २०८२ साल जेठ १८ गते साँझ करिब ८:०० बजे, InDrive सेवा प्रयोगकर्ताहरूबाट बढी भाडा असुलिएको गुनासो प्राप्त भएपछि प्रहरी टोली पोखराका विभिन्न स्थानमा खटिएको थियो।

जाँचका क्रममा बढी भाडा लिएको प्रमाणसहित आठ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको र यातायात व्यवस्था ऐन, २०४९ अनुसार आवश्यक कानुनी कारबाही गरि छोडिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार यात्रुहरूको हकअधिकार संरक्षण गर्न र अनियमितता नियन्त्रण गर्न यस्ता अनुगमन गतिविधि आगामी दिनहरूमा थप कडाइका साथ सञ्चालन गरिनेछ।

यात्रीहरूलाई सेवा दिने नाममा अवैध रुपमा बढी भाडा असुल्ने प्रवृत्तिमाथि कडाइका साथ निगरानी गर्ने प्रतिबद्धता प्रहरी प्रशासनले व्यक्त गरेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link