Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

ट्रम्प र सीबीच चाँडै वार्ता हुन सक्ने संकेत, अमेरिका–चीन व्यापार तनाव पुनः चुलियो

loading views..
Nepal Telcome

वाशिङटन,जेठ २० गते। अमेरिका–चीनबीच पुनः चुलिंदै गएको व्यापार तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साताभित्र चिनियाँ समकक्षी सी चिनफिङसँग कुरा गर्ने सम्भावना रहेको ह्वाइट हाउसले सोमबार जनाएको छ।

ह्वाइट हाउसकी प्रवक्त्ता क्यारोलिन लेभिटले पत्रकारहरूलाई जानकारी दिँदै दुई राष्ट्रबीचको व्यापार विवाद समाधानका लागि दुबै नेताबीच वार्ता हुने संकेत दिएकी हुन्। गत मे महिनाको मध्यतिर जेनेभामा भएको अस्थायी द्विपक्षीय व्यापार सम्झौतामा अमेरिकाले उल्लंघन गरेको आरोप लगाउँदै चीनले तीव्र प्रतिक्रिया दिएको केही दिनमै यस्तो सम्भावना देखिएको हो।

चीनको वाणिज्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै ट्रम्पले चीनले सम्झौता उल्लंघन गरेको भन्ने अघिल्लो हप्ता दिएको अभिव्यक्तिलाई “आधारहीन” र “तथ्यको गम्भीर विकृति” भनेको छ।

त्यसै विज्ञप्तिमा चीनले ट्रम्प प्रशासनद्वारा कृत्रिम बौद्धिकता (AI) चिप्सको निर्यात नियन्त्रण तथा चिनियाँ विद्यार्थीहरूका भिसा रद्द गर्नुजस्ता “भेदभावपूर्ण कदम” चालेको भन्दै आलोचना गरेको छ।

ट्रम्पले शुक्रबार चीनले जेनेभामा गरिएको उच्चस्तरीय वार्तामा भएको सम्झौताको “पूर्ण उल्लंघन” गरेको भन्दै तीव्र प्रतिक्रिया दिएका थिए। सम्झौताअनुसार दुबै देशले एकअर्काविरुद्ध लगाइएको सयौं प्रतिशत भन्सार शुल्क र व्यापार प्रतिबन्ध फिर्ता लिने प्रतिबद्धता गरेका थिए।

“मैले चीनलाई ठूलो संकटबाट बचाउन तीव्र रूपमा सम्झौता गरेँ… त्यो सम्झौताका कारण अवस्था चाँडै स्थिर भयो र चीन फेरि सामान्य व्यापारमा फर्कियो,” ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्।
“चीनले, सम्भवत: कतिपयलाई अचम्म नलाग्ने गरी, पूर्ण रूपमा हाम्रो सम्झौता उल्लंघन गरेको छ,” उनले थपे।

अमेरिका र चीनबीच व्यापार युद्धलाई ९० दिनका लागि स्थगन गर्ने सहमति भएपछि केही समयका लागि तनाव कम भएको देखिएको थियो। तर पछिल्ला आरोप–प्रत्यारोपले वार्ता फेरि जटिल मोडमा पुगेको संकेत दिएको छ।

विशेष खनिजजस्तै दुर्लभ धातुहरू उच्च प्रविधिमा प्रयोग हुने मुख्य कच्चा पदार्थ हुन्। अमेरिकी विश्लेषक बेसेन्टले सीबीएस कार्यक्रममा आइतबार भनेका थिए कि उनी ट्रम्प र सीबीचको कुराकानी “छिट्टै” हुनेमा विश्वस्त छन् र त्यसबाट समस्या समाधानको बाटो खुल्नेछ।

हालसम्म ट्रम्प दोस्रो कार्यकालको सुरुआत (जनवरी) पछि राष्ट्रपति सीसँग प्रत्यक्ष संवाद गरिसकेका छैनन्। यद्यपि उनी र ह्वाइट हाउस दुबैले यस्तो फोन संवाद छिट्टै हुने दाबी गर्दै आएका छन्।

#साउथ चाइना मर्निङपोष्टबाट 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link