Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

माओवादी केन्द्रको पोखरा सम्मेलनमा नेसपा नेताहरूको धमाकेदार आगमन

loading views..
Nepal Telcome

पोखरा, २७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिको तेस्रो सम्मेलनको उद्घाटन समारोह आज भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख आकर्षणको रूपमा, नेपाली समाजवादी पार्टी (नेसपा)का केन्द्रीय सचिवालय सदस्य किरण थापाको नेतृत्वमा १४ जना नेता तथा कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले विशेष समारोहबीच पार्टीमा स्वागत गरेका हुन।

कार्यक्रममा अध्यक्ष दाहालले पार्टीमा प्रवेश गर्नेहरूलाई धन्यवाद दिँदै परिवर्तनको यात्रामा नयाँ उर्जा थपिएको बताए। उनले अब गण्डकी प्रदेश र विशेषगरी पोखरा क्षेत्रमा माओवादी केन्द्रको जनाधार थप मजबुत भएको टिप्पणी गरे।

यस प्रवेशलाई लिएर राजनीतिक विश्लेषकहरूले काश्की जिल्लामा बाबुराम भट्टराई नेतृत्वको पार्टी नेसपाको सङ्गठानिक अस्तित्व समाप्त भएको ठहर गरेका छन्। किरण थापा,राजु क्षेत्री लगायतको समूहमार्फत नेसपाका अधिकांश सक्रिय कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेपछि, नेसपा काश्कीमा कमजोर हुने  देखिन्गछ।पार्टी प्रबेश कार्यक्रममा किरण अमोदले भने -घर चिन्न घर छोड्नु पर्दो रहेछ,हामीले पहिले घर छोड्यौ,अहिले घरको महत्व बुझेउ र घर फर्किएऔ।

उक्त सम्मेलनमा विभिन्न वक्ताहरूले समसामयिक राजनीतिक परिस्थिति, सामाजिक रूपान्तरण र माओवादी आन्दोलनको भावी दिशा–निर्देशबारे धारणा राखेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link