रेशम केसी/पोखरा, जेठ ३० गते। गण्डकी प्रदेशस्तरीय तेस्रो टी-२० क्रिकेट प्रतियोगिता शनिबारदेखि पोखरा रंगशालामा सुरु हुँदैछ। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा असार ६ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेशका ८ जिल्लाले प्रतिस्पर्धा गर्नेछन्।
समूह ‘ए’ मा स्याङ्जा, बागलुङ, तनहुँ र म्याग्दी तथा समूह ‘बी’ मा कास्की, पर्वत, नवलपुर र गोरखा परेका छन्। दुबै समूहका विजेता टोलीबीच उपाधिका लागि भिडन्त हुनेछ।
शनिबार पहिलो दिन स्याङ्जा र म्याग्दीबीच बिहान ९ बजे खेल सुरु हुनेछ भने दिउँसो १ बजे तनहुँ र बागलुङ भिड्नेछन्।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले ४ हजार, उत्कृष्ट ब्याट्सम्यान, बलर र उदियमान खेलाडीले जनही २ हजार तथा प्लेयर अफ द म्याचले १ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। आयोजकले प्रतियोगिताबाट युवा खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास लिएको छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.