Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

गण्डकी टि–२० क्रिकेट प्रतियोगिता : पर्वतद्वारा नवलपुरमाथि सनसनीपूर्ण जित

loading views..
Nepal Telcome

रेशम केसी/पोखरा, असार ४ गते। गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज पोखरा क्रिकेट मैदानमा सम्पन्न खेलमा पर्वतले नवलपुरलाई १५ रनले पराजित गर्दै रोमाञ्चक जित हासिल गरेको छ।

खेलको सुरुवातमा टस जितेको पर्वतले पहिला ब्याटिङ गर्ने निर्णय गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा १३१ रन बनाएको थियो। टोलीका लागि अभिषेक थापाले आकर्षक अर्धशतक प्रहार गर्दै ४० बलमा ३ छक्का र ५ चौकासहित ५२ रन जोडे। त्यस्तै, अभिराज पटेलले २९ बलमा ३७ रन, सन्देश खड्काले १५ बलमा १८ रन, बिनोद नेपालीले १० बलमा १४ रन तथा सरोज खत्रीले ११ बलमा ४ रन बनाएका थिए।

नवलपुरका बलरमध्ये कमल परियार र सुदीप अर्यालले समान २–२ विकेट लिए भने दीपक डुम्रे, अपराजित पौडेल र स्विकार श्रेष्ठले १–१ विकेट हात पार्न सफल भए।

१३२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नवलपुरको इनिङ १८.५ ओभरमा ११६ रनमै समेटियो। टोलीका लागि गौरव विश्वकर्माले २२ बलमा २५ रन, स्विकार श्रेष्ठले १२ बलमा १८ रन, र बिगत पाण्डेले २० बलमा १७ रन बनाएका भए पनि अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

पर्वतका कप्तान अमृत गुरुङले कप्तानीसुलभ प्रदर्शन गर्दै ४ ओभरमा २० रन खर्चिएर ३ विकेट लिए। त्यस्तै, राजु थापाले ३.५ ओभरमा ४१ रन दिँदै ३ विकेट लिए भने बिनोद नेपालीले २ विकेट, रोशन गौतमले १ विकेट झारे। प्रभावशाली बलिङ र कप्तानी प्रदर्शनका आधारमा अमृत गुरुङ ‘प्लेयर अफ द म्याच’ घोषित भए।

गण्डकी प्रदेश खेलकुद परिषद्को प्रवर्धन तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगितामा ८ जिल्लाले सहभागिता जनाएका छन्। संघका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ। साथै, प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्नेछ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link