Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

गण्डकीमा नेपाल समाजवादी पार्टीको संयोजक नेत्र चापागाईं चयन

loading views..
Nepal Telcome

पोखरा, असार १०,गते। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) गण्डकी प्रदेशको संयोजकको जिम्मेवारी युवा नेता नेत्र चापागाईंले पाएका छन्। कास्कीको लुम्लेमा दुई दिनसम्म सञ्चालन भएको गण्डकी प्रदेशको विस्तारित बैठकले चापागाईंलाई सर्वसम्मत रूपमा संयोजकको रूपमा चयन गरेको हो।

राजनीतिक यात्रा विद्यार्थी आन्दोलनदेखि सुरु गरेका नेत्र चापागाईं नयाँ शक्तिको संस्थापक सदस्यसमेत हुन्। उनी माघ अन्तिम साता काठमाडौंमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनमा बाबुराम भट्टराईसँगै नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका थिए। हार निश्चित देखिए पनि लोकतान्त्रिक मूल्य र अभ्यास सुदृढ गर्ने उद्देश्यले नेत्रले साहसपूर्वक उम्मेदवारी दिएका थिए।

शिक्षा सुधारको माग राख्दै सातै प्रदेशका राजधानी र काठमाडौंको माइतीघर मण्डलामा उभिएका चापागाईंले राजनीतिमा वैचारिक स्पष्टता, शालीन शैली र परिवर्तनकारी दृष्टिकोणमार्फत छुट्टै पहिचान बनाउँदै आएका छन्।

यसअघि गण्डकी प्रदेश संयोजकको जिम्मेवारी सम्हालिरहेका किरण थापा ‘आमोद’ माओवादी केन्द्रमा प्रवेश गरेपछि रिक्त बनेको पदमा नेत्रको नियुक्ति गरिएको हो। उक्त जानकारी गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री एवं नेसपा नेता फणीन्द्र देवकोटाले दिएका छन्।

नेत्रको संयोजक चयनसँगै नेपाल समाजवादी पार्टीले गण्डकी प्रदेशमा नयाँ ऊर्जा र संगठन विस्तारको अभियानलाई थप तीव्रता दिने अपेक्षा गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link