Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

गण्डकी गाउँपालिकाले आगामी वर्षका लागि ६४ करोड ३० लाखको बजेट प्रस्तुत, पूर्वाधार र दिगो विकास प्राथमिकतामा

loading views..
Nepal Telcome

डि०बि० तामाङ/गोरखा, असार १०। गोरखा जिल्लाको गण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि अनुमानित कूल रु ६४ करोड ३० लाख बराबरको बजेट प्रस्तुत गरेको छ। सोमबार सम्पन्न १८ औँ गाउँसभा बैठकमार्फत उक्त बजेट सार्वजनिक गरिएको हो।

गाउँपालिका अध्यक्ष एवं गाउँसभा अध्यक्षको अध्यक्षतामा सम्पन्न बैठकमा जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय नागरिकको सक्रिय उपस्थिति रहेको थियो।

बजेट स्रोतको विस्तृत विवरण

गाउँपालिकाका अनुसार संघीय सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकअनुसार बजेट व्यवस्थापन यसप्रकार हुनेछः

वित्तीय समानीकरण अनुदान : रु १२ करोड ९४ लाख

शर्तसहितको अनुदान : रु २९ करोड ३३ लाख

संघीय समपूरक अनुदान : रु २ करोड ३२ लाख

संघीय विशेष अनुदान : रु १ करोड ६५ लाख

राजस्व बाँडफाँट : रु ८ करोड ४९ लाख ७९ हजार ९ सय ५

यी सबै मिलाएर संघीय सरकारबाट कुल रु ५४ करोड ७३ लाख ७९ हजार ९ सय ५ प्राप्त हुने अनुमान गरिएको छ।

बाँकी झण्डै ९ करोड ५६ लाख रुपैयाँ गाउँपालिकाको आन्तरिक स्रोत र अन्य साझेदारी कार्यक्रमहरूबाट व्यवस्थापन गरिने बताइएको छ।

विकास, समावेशीकरण र दिगो लक्ष्यमै केन्द्रित

गाउँपालिकाले प्रस्तुत बजेटलाई विकास निर्माण, पूर्वाधार सुदृढीकरण, शिक्षा, स्वास्थ्य सेवा सुधार, कृषि प्रवर्द्धन, रोजगारी सिर्जना, लैङ्गिक समानता तथा दिगो विकास लक्ष्यहरू (SDGs) प्राप्तिमा केन्द्रित गर्ने जनाएको छ।

बजेटले गण्डकी गाउँपालिकाको स्थानीय स्तरमा आवश्यक भौतिक तथा सामाजिक पूर्वाधार विकास, उत्पादनमूलक कार्यक्रम, सामाजिक सुरक्षाको सुदृढीकरण र वातावरणमैत्री कार्यहरूमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link