Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

सहिद लखन गाउँपालिकाद्वारा SEE र आधारभूत तहका उत्कृष्ट विद्यार्थी सम्मानित

loading views..
Nepal Telcome

गोरखा, असार १७ गते। सहिद लखन गाउँपालिकाले गाउँ कार्यपालिकाको निर्णयअनुसार माध्यमिक शिक्षा परीक्षा (SEE) तथा आधारभूत तह (कक्षा ८) मा उच्च शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई सोमबार एक विशेष कार्यक्रममार्फत नगद पुरस्कारसहित सम्मान गरेको छ।

२०७८ चैत ८ गते गाउँ कार्यपालिकाबाट पारित निर्णयअनुसार ३.६० वा सोभन्दा बढी GPA हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरूप सम्मान प्रदान गर्ने निर्णयअनुरूप यसपालि SEE मा उत्कृष्ट प्रदर्शन गर्ने ७ जना र आधारभूत तहमा ३ जना विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको हो।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर, वडा नं १, ६, ७, र ८ का अध्यक्षहरू क्रमशः प्रेम गुरुङ, दिलिप नारायण थापा, शरण श्रेष्ठ र बासुदेव ढकाल, कार्यपालिका सदस्यहरू कृष्ण बहादुर प्रजा, शोभा नेपाली र बिमला ढुंगाना अंगाई, शिक्षा शाखा प्रमुख राजेन्द्र खनाल, गाउँ शिक्षा समिति सदस्य रमेश कुमार श्रेष्ठ, प्राविधिक सहायक हुम बहादुर गुरुङ, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले गुणस्तरीय शिक्षाको आधार शैक्षिक प्रोत्साहन हो भन्दै विद्यार्थीहरूलाई अझ उत्साही बनाउने यस्ता सम्मान कार्यक्रमको निरन्तरताको अपेक्षा व्यक्त गरे।

गाउँपालिकाले यस सम्मान कार्यक्रमलाई पालिकाभित्रका सम्पूर्ण विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूमा सकारात्मक ऊर्जा भरिदिने, अध्ययनप्रतिको रुचि बढाउने र समग्र शैक्षिक गुणस्तर उकास्न योगदान गर्ने विश्वास व्यक्त गरेको छ।

पुरस्कृत विद्यार्थीहरूको नामावली:

माध्यमिक शिक्षा परीक्षा (SEE) बाट:

१. सागर श्रेष्ठ (श्री शहीद स्मृति मावि)
२. सन्देश लामिछाने (श्री जनशक्ति मावि)
३. कृषा वाग्ले (श्री रामेश्वरी मावि)
४. सन्दीप बसेल (श्री हिमालय मावि)
५. सलिन श्रेष्ठ (श्री सिंजाली मावि)
६. एलिना थापा मगर (श्री भगवती हिमालय मावि)
७. रुस्मा श्रेष्ठ (श्री शहीद स्मृति मावि)

आधारभूत तह (कक्षा ८) बाट:

८. विधान श्रेष्ठ (श्री भगवती हिमालय मावि)
९. रेश्मा गुरुङ (श्री शहीद स्मृति मावि)
१०. सृष्टि थापा मगर (श्री जलदेवी मावि)

यस सम्मान कार्यक्रमले ‘पढ्नेलाई पुरस्कार, मेहनतीलाई मान्यता’ भन्ने सोचलाई व्यवहारमा उतारेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link