Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

नेप्सेमा उच्च गिरावट

loading views..
Nepal Telcome

काठमाडौँ।  झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादन (जिडिपी) बराबर पुगेको बजार पूँजीकरणमा ठूलो गिरावट आएको छ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पूँजीकरणमा उच्च अङ्कमा गिरावट देखिएको हो।

साताको आज अन्तिम दिन नेप्सेमा झण्डै ४५ विन्दुले गिरावट आउँदा बजार पूँजीकरण रु ३५ खर्ब १९ अर्ब ४८ करोड ८१ लाख ३२ हजार ५१९ मा सीमित भएको छ। केही दिन पहिले बजार पूँजीकरण झण्डै साढे ३६ खर्बको हाराहारीमा पुगेको थियो। बजार पूँजीकरणमा ठूलो हिस्सा राख्ने पूर्वाधार बैंकको शेयर मूल्यमा लगातार दुई दिनदेखि गिरावट आइरहेको छ । सोही कारण पनि बजार प्रभावित भएको हो।

मंगलबार र बुधबार पूर्वाधार बैंकको शेयरमा तीव्र उतारचढाव देखा परेको थियो। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४४.९४ अङ्कले घटेर दुई हजार ५५४.१४ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.५३ अङ्कले घटेर ४६१.८१ मा ओर्लेको छ।

कूल २०६ कम्पनीको एक करोड ५८ लाख ५६ हजार १७१ कित्ता शेयर रु छ अर्ब नौ करोड ८१ लाख ८८ हजार ४१४ मा कारोवार भयो। कारोबार भएका अधिकांश उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३७.४९, व्यापार ५५.१, होटल १७.३६, विकास बैंक ४७.४९, जलविद्युत् २७.७५, वित्त २५.७२, निर्जीवन बीमा १७६.१८, उत्पादन ७२.२७, अन्य ३६.७८, लघुवित्त ६०.४८, जीवन बीमा २९९.७८ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले घटेको छ।

कारोवारका आधारमा पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको रु ९० करोड ३५ लाख ६७ हजार ५७७ बराबरको कारोवार भयो। यस्तै, नबिल बैंक रु २१ करोड ६० लाख ५३ हजार ६१, नेशनल हाइड्रो पावर रु २१ करोड २६ लाख ७१ हजार ४८४, नेपाल बैंक रु २१ करोड १३ लाख ९४ हजार ७८८, एनआइसी एशिया बैंक रु २० करोड ४० लाख ४६ हजार ७०२, नेको इन्स्योरेन्स रु १८ करोड ३४ लाख ४३ हजार ५१३, ग्लोबल आइएमई बैंक रु १७ करोड ३० लाख ९० हजार ९२१, हिमालयन डिस्टिलरी रु १२ करोड ६३ लाख ५६ हजार ७०१ र नेपाल लाइफ इन्स्योरेन्स रु १२ करोड ३३ लाख ३६ हजार ४०२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे।

कारोवारका आधारमा आज चन्द्रागिरि हिल्सका लगानीकर्ताले ९.९१ प्रतिशतले कमाए। नेशनल हाइड्रोपावर ८.२२, सिटिजन म्युचुअल फण्ड ३.३३, सानिमा लार्ज क्याप फण्ड २.९०, एभरेष्ट बैंक २.८८, मेरो माइक्रोफाइनान्स १.६०, र ओरियण्टल होटलका लगानीकर्ताले १.५७ प्रतिशतले कमाए।

यो साता सनराइज फस्ट म्युचुअल फण्ड ६.८४, शिवश्री हाइड्रोपावर ५.५३, आइएमई जनरल इन्स्योरेन्स ५.४५, समृद्धि फाइनान्स ४.७८, माउण्टेन हाइड्रो ४.१८, गुडविल फाइनान्स ४.०४, लिवर्टी इनर्जी ३.९१ र आँखु खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ३.८५ प्रतिशतले गुमाएका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link