Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गर्‍यो

loading views..
Nepal Telcome

बाँके,असार २६ गते। बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईमा राप्ती नदीको बाढीले फसेका तीन जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

उद्धार गरिएकामध्ये ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली रहेका छन्। ती सबै जना स्थानीय बासिन्दा हुन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ।

बुधबार गाईवस्तु चराउन गएका उनीहरू एक्कासी आएको बाढीका कारण नदीको बीचको टापुमा फसेका थिए। बाढीले चारैतिरबाट घेरेपछि उनीहरू संकटमा परेका थिए।

घटनाको जानकारी प्राप्त लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ शंम्शेरगञ्ज, बाँकेबाट खटिएको गोताखोरसहितको टोलीले उद्धार कार्य सफलतापूर्वक सम्पन्न गरेको हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link