Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

गुरु पूर्णिमामा प्रधानमन्त्री ओलीको शुभकामना : “हामीलाई अरुमाथि प्रश्न होइन, अन्तरआत्मामा दीप चाहिएको हो”

loading views..
Nepal Telcome

काठमाडौं, असार २६ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गर्दै मानव चेतनाको उज्यालोले सबैको अन्तरतम् आलोकित होस् भन्ने कामना गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले लेखेका छन्, “हामीलाई अरूको मूल्याङ्कन गरेर प्रश्न गर्ने होइन, आफ्नै आन्तरिक सत्यमा उज्यालो छर्ने साक्षात् दीप चाहिएको हो, त्यस्तो दीप विवेक हो।”

प्रधानमन्त्री ओलीले गुरु पूर्णिमालाई महर्षि व्यास जयन्तीको रूपमा लिने परम्परालाई स्मरण गर्दै भनेका छन्, “हाम्रो प्राचीन पूर्वीय सभ्यतामा आफ्नो अन्तरतम् अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई गुरु भनिन्छ, संसारका विषयबारे सिकाउनेलाई मात्र शिक्षक।”

उनले लेखेका छन्, “गुरु अन्धकारबाट प्रकाशतर्फ डोर्‍याउने, र आफ्नै नैसर्गिक स्वभाव चिनाउने महान पात्र हुन्। गुरु पूर्णिमाको पवित्र दिनमा हामी सबैको अन्तरतम् उज्यालो होस् , यही शुभकामना।”

प्रधानमन्त्रीको यो सन्देश केवल परम्परागत शुभकामनाभन्दा गहिरो दर्शनमा आधारित देखिएको छ, जसमा उनले विवेक, आत्मचेतना र भित्री उज्यालोलाई आधुनिक समाजको आवश्यकता ठानेका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link