Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

युक्रेनमाथि रूसको अहिलेसम्मकै भीषण हवाई आक्रमण, जेलेन्स्कीको कडा प्रतिक्रिया

loading views..
Nepal Telcome

किभ, असार २६ गते। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युक्रेनमाथि अहिलेसम्मकै सबैभन्दा भयावह हवाई आक्रमण गरेको बताएका छन्। उनका अनुसार, रूसले एकैपटक ७२८ ड्रोन र १३ वटा क्रुज  ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ।

यो आक्रमण विभिन्न युक्रेनी सहरहरूलाई लक्षित गर्दै गरिएको हो। शान्ति स्थापनाका लागि वार्ताको पहल भइरहेका बेला भएको आक्रमणप्रति युक्रेनले रूसको कडा निन्दा गरेको छ। जेलेन्स्कीले यसलाई मानवता र अन्तर्राष्ट्रिय नियमविपरीतको कार्यको रूपमा व्याख्या गरेका छन्।

यसबीच, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमाथि थप प्रतिबन्ध लगाउन र युक्रेनलाई अझ बढी सैन्य सहयोग उपलब्ध गराउनुपर्ने धारणा सार्वजनिक गरेका छन्। मंगलबार उनले पुटिनको पछिल्ला गतिविधिले आफूलाई निराश तुल्याएको टिप्पणी गरेका थिए।

राष्ट्रपतिमा निर्वाचित भएयता ट्रम्प र पुटिनबीच पटक–पटक संवाद भए पनि युक्रेनमा शान्ति स्थापना हुन सकेको छैन। गत साता भएको फोन संवादपछि ट्रम्पले सार्वजनिक रूपमा गुनासो गर्दै भनेका थिए, “पुटिन केवल मान्छे मार्नमै केन्द्रित छन्, शान्तिको कुनै चिन्ता छैन।”

युक्रेन र रूसबीचको युद्ध थप भयावह बन्दै जाँदा अन्तर्राष्ट्रिय समुदायले यो अवस्थालाई चिन्तापूर्ण मानिरहेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link