Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

पोखरा विश्वविद्यालयको १.५४ अर्बको बजेट पारित, त्रिवि सभा विवादमा

loading views..
Nepal Telcome

काठमाडौँ, असार २६ गते। पोखरा विश्वविद्यालयको २५औँ साधारणसभाले आगामी वर्षका लागि १ अर्ब ५४ करोडको बजेट पारित गरेको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विभिन्न नियमावली संशोधनसमेत पारित गरेको हो।

कुलपति ओलीले विश्वविद्यालयलाई अनुसन्धानमुखी र प्रतिस्पर्धी बनाउन निर्देशन दिँदै स्वदेशमै उत्कृष्ट उच्चशिक्षा सम्भव रहेको बताए। उपकुलपति डा. वेदराज केसीले विश्वविद्यालयले बजारको मागअनुसारको शिक्षा दिन प्रयासरत रहेको बताए।

यता, त्रिभुवन विश्वविद्यालयको सिनेट सभा शुक्रबार बालुवाटारमा बस्न लागेको छ। तर विद्यार्थी प्रतिनिधिबिनै सभा बोलाइएको भन्दै स्ववियु अध्यक्ष दीपकराज जोशीले आपत्ति जनाएका छन्। उनले प्रधानमन्त्रीको प्रभावमा त्रिवि सञ्चालित भएको आरोप लगाउँदै, सभा तत्काल रोक्न माग गरेका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link