Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

कांग्रेस नेताभण्डारीद्वारा अनुशासन कारबाहीको विरोध, ‘प्रतिशोध र बेमौसमी बाजा’को संज्ञा

loading views..

रुपन्देही, असार २६ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले हालै पार्टीले गरेको अनुशासन कारबाहीलाई ‘प्रतिशोधको अभिव्यक्ति’ र ‘बेमौसमी बाजा’को संज्ञा दिएका छन्।

बिहीबार एक धारणा सार्वजनिक गर्दै उनले नेताहरूको निष्कासन र निलम्बनप्रति गम्भीर आपत्ति जनाउँदै ती निर्णय तत्काल फिर्ता लिन माग गरे। ‘यो अनुशासनको नाममा प्रतिशोधमात्र हो,’ उनले भने, ‘आफ्नै पसल बन्द गरेर छिमेकीको पसल चलाउने रणनीति हो। पोहोर मरिन् सासू, अहिले आए आँसु — यो त बेमौसमी बाजाजस्तै निर्णय हो।’

भण्डारीले कारबाहीको प्रक्रिया निष्पक्ष र पारदर्शी नरहेको आरोप लगाए। उनले चेतावनी दिँदै भने, ‘राजनीतिक विवेक गुमाउने निर्णयहरू पार्टीका लागि हितकारी हुँदैनन्।’

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले हालैको निर्वाचनमा पार्टी तथा गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको आरोपमा डेढ दर्जनभन्दा बढी नेताकार्यकर्तालाई कारबाही गरेको थियो। तर असन्तुष्ट समूहले ती कारबाहीलाई पक्षपातपूर्ण र प्रतिशोधपूर्ण ठहर गर्दै छुट्टै बैठक बोलाएर आगामी रणनीति तय गर्ने तयारी थालेको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्