Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

पोखरामा नेपाल मोबाइल व्यवसायी महासंघको वार्षिकोत्सव अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न

loading views..
Nepal Telcome

पोखरा, असार २७ गते। नेपाल मोबाइल व्यवसायी महासंघको चौथो वार्षिकोत्सवको अवसरमा पोखराको महेन्द्रपुलमा एक दिवसीय खुला रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि कास्कीका जिल्ला प्रहरी कार्यालयका प्रमुख श्याम बाबु ओलिया रहनुभएको थियो भने विशेष आतिथ्य पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले गर्नुभएको थियो।

नेपाल मोबाइल व्यवसायी महासंघ गण्डकी प्रदेश, पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्की, र नेपाल मोबाइल वितरक संघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी, सदस्य, व्यवसायी, शुभचिन्तक र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा रक्तसञ्चार केन्द्र कास्कीको प्रविधिक सहयोगमा करिब दर्जनौँ व्यक्तिहरूले स्वेच्छिक रक्तदान गरेका थिए। आयोजक संस्था पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्कीका अध्यक्ष चिन्तामणि खरेलले कार्यक्रममा सहभागी सबै महानुभावप्रति आभार प्रकट गर्दै यो सहभागिता सामाजिक उत्तरदायित्वप्रतिको संस्थाको प्रतिबद्धता भएको बताए।

“समाज र मानवताको सेवामा व्यवसायी समुदाय पनि अघि सर्नुपर्छ भन्ने हाम्रो सन्देश यो कार्यक्रममा स्पष्ट देखिएको छ,” अध्यक्ष खरेलले बताए।

कार्यक्रमले सामाजिक उत्तरदायित्व निर्वाहसँगै व्यावसायिक एकताको सन्देश समेत दिएको सहभागीहरूको धारणा रहेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link