Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

मिना देउवाको ह्याट्रिकसहित नेपालको श्रीलंकामाथि ७-० को प्रभावशाली जित

loading views..
Nepal Telcome

पोखरा, असार ३२ गते। साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालले शानदार प्रदर्शन गर्दै श्रीलंकालाई ७-० ले पराजित गरेको छ। मिना देउवाको ह्याट्रिकसहित नेपालले साफको दोस्रो जित दर्ता गरेको हो।

ढाकाको बसुन्धरा किङ्स एरिनामा भएको खेल वर्षाका कारण ढिलो सुरु भए पनि नेपाली टोलीले शुरूदेखि नै आक्रमक खेल प्रस्तुत गर्दै विपक्षीलाई दवावमा राख्यो।

खेलको ८औं मिनेटमै मिना देउवाले गोल गर्दै खाता खोलिन्। त्यसपछि १३औं मिनेटमा समिक्षा मगरले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाइन्।

४२औं मिनेटमा मिनाले पुनः गोल गर्दै अग्रता थप फराकिलो बनाइन्। पहिलो हाफको इन्ज्युरी समयमै पूर्णिमा राईले लगातार दुई गोल गर्दै पहिलो हाफमै स्कोर ५-० पुर्‍याइन्।

दोस्रो हाफमा पनि नेपालले दबाब कायम राख्यो। ७०औं मिनेटमा मिना देउवाले आफ्नो व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यसपछि इन्ज्युरी समयको पहिलो मिनेटमा सरिता कुमारी नाथले २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रि-किक गोलमा परिणत भएको थियो।

नेपालले यसअघि भुटानलाई ६–१ ले हराएको थियो भने दोस्रो खेलमा आयोजक बंगलादेशसँग ३–२ को हार बेहोरेको थियो। तीन खेलबाट नेपालले ६ अंक जोडेको छ।

अब नेपालले बिहीबार पुनः श्रीलंकासँग दोस्रोपटक प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा सहभागी चार टोलीले एकअर्कासँग दुईपटक प्रतिस्पर्धा गरेपछि अंक तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link