Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

संसदमा हाजिर गरेर टाप कस्ने सांसदहरूको संख्या बढ्दो, गणपूरक संख्या नपुग्दा बैठक अवरुद्ध

loading views..

काठमाडौं, असार ३२ गते। प्रतिनिधि सभामा हाजिर त गरेका तर बैठकमा नबस्ने सांसदहरूको संख्या बढ्न थालेको छ। यसै कारण मंगलबारको बैठकमा गणपूरक संख्या नपुगेपछि संसदको कार्यसूची प्रभावित भयो।

मंगलबारको बैठकमा पानी जहाज सञ्चालनसम्बन्धी विधेयकमाथि छलफल भइरहेको थियो। छलफलपछि सभामुख देवराज घिमिरेले उक्त विधेयकलाई “विचार गरियोस्” भन्ने प्रस्ताव संसदमा प्रस्तुत गर्न खोजे। तर, माओवादी केन्द्रकी सांसद रुपा सोशी चौधरीले गणपूरक संख्या (कोरम) यकिन गर्न माग गरिन्।

सभामुखले तीन मिनेट घण्टी बजाएर गणना गराउँदा मात्र ६१ जना सांसद उपस्थित देखिए। जबकि, २७५ सदस्यीय प्रतिनिधि सभामा कुनै पनि प्रस्ताव निर्णयार्थ लैजान कम्तीमा ६९ जना सांसदको उपस्थित अनिवार्य हुन्छ।

संसद सचिवालयका अनुसार मंगलबारको बैठकमा २०३ जना सांसदले हाजिरी दिएका थिए, तर धेरैजसो सांसद बैठकस्थलमा उपस्थित नभएकाले कोरम नपुगेको हो।

गणपूरक संख्या अभावकै कारण पानी जहाज विधेयकमाथिको निर्णय अगाडि बढ्न सकेन र बैठकको कार्यसूची साउन ७ गतेसम्मका लागि सारिएको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्