Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

ओलीलाई ‘घमण्डी’ भन्दै माधवको अंगालोमा बेरिए वामदेव, नेकपा एससँग एकता घोषणा

loading views..
Nepal Telcome

काठमाडौं, साउन २ । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई घमण्डी नेताको संज्ञा दिएका छन् । नेकपा (एकीकृत समाजवादी)सँग पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले ओलीको स्वभावलाई दम्भी भनेका हुन् भने माधवकुमार नेपाललाई कोमल मनको व्यक्तित्वको रूपमा चित्रित गरेका छन् ।

गौतमले ०३६ सालमा माधव नेपालसँग पहिलोपटक भेट भएको स्मरण गर्दै समयक्रममा सम्बन्धमा अनेकौँ उतारचढाव आए पनि आत्मीयता कायम रहेको बताए । “हामी कहिले धेरै एकताबद्ध, कहिले थोरै, कहिले रिसाएका पनि थियौं, तर सम्बन्ध जोगिरह्यो”, उनले भने, “तर कम्युनिष्ट एकता प्रयासमा ओली तयार भएनन्, उल्टो घमण्डी व्यवहार देखाए, माधव कमरेडचाहिँ तत्पर रहनुभयो ।”

उनले नेकपा (एस)सँगको पार्टी एकता चार वर्ष ढिलो हुनुको प्रमुख कारण प्रधानमन्त्री ओली रहेको आरोप पनि लगाए । “यस ढिलाइले संविधानले परिकल्पना गरेको समाजवाद कार्यान्वयनमा समेत असर पारेको छ,” गौतमको भनाइ थियो ।

कार्यक्रममा वामदेव गौतम, माधव नेपाल, झलनाथ खनाललगायत नेताहरूबीच आत्मीय भेटघाट र अंगालोमा बेरिने दृश्यले एकताप्रति प्रतिबद्धता झल्काएको थियो । एकीकृत पार्टीले अब समाजवाद स्थापनाका लागि अभियान चलाउने घोषणा समेत गरेको छ ।

सम्बन्ध सुधार, सिद्धान्तको निष्ठा र राजनीतिक एकताको सन्देश दिँदै कार्यक्रमको समापन गरिएको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link