Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

शिक्षकहरू सरकारविरुद्ध सडकमा उत्रने तयारीमा

विद्यालय शिक्षा विधेयक पारित गर्न साउन २१ को अल्टिमेटम,

loading views..
Nepal Telcome

शनिबार, ३ साउन २०८२

काठमाडौं,३ साउन। नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न दबाब दिँदै साउन २१ गतेभित्रको अल्टिमेटम दिएको छ। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले स्पष्ट शब्दमा चेतावनी दिएको छ– यदि उक्त मितिभित्र विधेयक पारित भएन भने यसपटकको आन्दोलन अझ तीव्र र प्रभावकारी हुनेछ।

शिक्षकहरूको तर्फबाट भनिएको छ कि सरकार विगत वैशाख १७ मा भएको सहमतिलाई कार्यान्वयन गर्न गम्भीर छैन। असार १५ भित्र विधेयक पारित गर्ने सरकारको प्रतिबद्धता आफैंले उल्लंघन गरेको आरोप महासंघले लगाएको छ।

महासंघका अनुसार,

अस्थायी शिक्षकलाई स्थायीत्व दिने प्रक्रिया,

स्थायी शिक्षकको बढुवा र विभागीय कारबाही,

विद्यालय कर्मचारी व्यवस्थापन,

इसिडी (ECD) शिक्षकहरूको प्रावधान र

ट्रेड युनियन अधिकार
जस्ता विषयहरूमा सरकारले षड्यन्त्र गरिरहेको छ।

शिक्षक प्रतिनिधिहरूले सरकार इमानदार नरहेको बताउँदै, शिक्षालाई कमजोर बनाउने रणनीतिमा लागेको आरोप समेत लगाएका छन्।

“शिक्षकहरूलाई बाधक देखाएर विधेयक संसदको शिक्षा समितिमा रोक्नु नै सरकारको गैरजिम्मेवारीको प्रमाण हो,” महासंघको भनाइ छ।

 

यदि माग पुरा भएन भने नयाँ चरणको आन्दोलनको कार्यक्रम चाँडै सार्वजनिक गरिने महासंघले जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link