Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

पूर्वप्रदेश प्रमुख राजेश झा ‘अहिराज’ बलात्कार आरोपमा पक्राउ

loading views..
Nepal Telcome

काठमाडौं,४ साउन। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मधेश प्रदेश प्रमुख बनेका नेकपा (एमाले) का नेता राजेश झा ‘अहिराज’ जबरजस्ती करणी आरोपमा आइतबार काठमाडौंबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार फागुन ३ गते दर्ता गरिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। प्रवक्ता एसपी अपीलराज बोहोराका अनुसार अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

२०७७ फागुन ७ गते मधेश प्रदेशको प्रमुख नियुक्त भएका झाविरुद्ध पीडितले परिवर्तन नामबाट जाहेरी दिएकी हुन्। उजुरी अनुसार झाले नाबालिग अवस्थाबाटै युवतीलाई मानसिक र शारीरिक रूपमा निरन्तर पीडा दिँदै आएका थिए।

प्रहरी स्रोतका अनुसार झा केही समय भारत फरार थिए। उनी हाल नेपाल फर्किएपछि पक्राउ परेका हुन्।

आफूलाई राष्ट्रवादी र मधेशवादी अभियन्ताका रूपमा चिनाउँदै आएका झामाथि लागेको आरोप कानुनअनुसार गम्भीर मानिन्छ। १८ वर्ष नपुगेकी व्यक्तिसँग सहमतिमा भएको सम्बन्ध पनि कानुनी रूपमा बलात्कारकै परिभाषामा पर्छ।

झालाई पक्राउपछि प्रहरीले गोप्य रूपमा बयान लिने प्रक्रिया थालेको जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link