पोखरा,१४ साउन। कास्की जिल्लामा पहिलोपटक ‘प्रथम ऐतिहासिक चाडपर्व उपहार कुपन योजना–२०८२’ सुरु गरिएको छ। पोखराका विभिन्न व्यवसायी तथा इलेक्ट्रोनिक तथा मोबाइल व्यापारमा संलग्न प्रतिष्ठानहरूको संयुक्त आयोजनामा सुरु भएको योजनाको उद्देश्य ग्राहकलाई आकर्षित गर्दै बजार प्रवर्द्धन गर्नु रहेको छ।
२०८२ साउन १५ गतेदेखि ५ महिना अर्थात् माघ १५ गतेसम्म सञ्चालन हुने योजनामा सहभागी व्यवसायीहरूबाट सामान खरिद गर्ने ग्राहकले उपहार कुपन प्राप्त गर्नेछन्। “मोबाइल तथा इलेक्ट्रोनिक सामान खरिदमा उपहार,बाइक स्कुटर हातमा” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको योजनामा ग्राहकलाई स्कुटर, मोबाइल, टिभी, ल्यापटप, राइसकुकर, स्मार्ट घडी, इयरबड्स लगायत थुप्रै उपहार जित्ने मौका छ।
हालसम्म ३१० व्यवसायी यस योजनामा आबद्ध भइसकेका छन् भने ५ महिनाभित्र ३ लाख कुपन बाँड्ने लक्ष्य लिइएको छ। योजनालाई सफल बनाउन मुख्य प्रायोजक MI Mobile,प्रायोजक HTC Mobile, टिकट सह प्रायोजक 4Nations International Education Consultancy प्रायोजकहरु Recrsi, र Sky Mobile लगायतका प्रतिष्ठानले मुख्य तथा सह-प्रायोजन गरिरहेका छन्।
उपलब्ध उपहारहरू:
मोटरसाइकल – १
स्कुटर – १
फोल्डेबल मोबाइल – २
ल्यापटप – २
स्मार्टफोन – २०
३२” टिभी – ५
राइसकुकर – १०
इन्डक्सन – १०
कीप्याड फोन – १२५
इयरबड – १२५
स्पिकर – २०
पावर बैंक – ३०
भित्ते घडी – १२५
स्मार्ट घडी – १२५
विशेष कुरा:
योजना अन्तर्गत ५०६ जना भाग्यशालीले उपहार जित्ने छन् भने पाँच जनाले विशेष आकर्षण स्वरूप मोटरसाइकल, स्कुटर र ल्यापटप प्राप्त गर्ने छन्।
कार्यक्रमको संयोजन र समन्वय नेपाल मोबाइल व्यवसायी संघ गण्डकी प्रदेशले गरिरहेको छ। योजना संयोजक तथा आयोजक समिति अध्यक्ष चिन्तामणि खरेलले सम्पूर्ण सहयोगी संस्था, व्यवसायी, ग्राहक तथा शुभेच्छुकलाई आभार व्यक्त गर्दै योजनालाई सफल बनाउन आग्रह गर्नुभएको छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.