Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

विद्यालय शिक्षा ऐन जारी नगरेको सरकारविरुद्ध शिक्षकहरू आन्दोलनमा, भदौबाट चरणबद्ध संघर्षको घोषणा

loading views..
Nepal Telcome

काठमाडौं,२३ साउन। सरकारले तोकेको समयसीमा सकिँदासमेत विद्यालय शिक्षा ऐन जारी नगरेपछि नेपाल शिक्षक महासंघ कडा आन्दोलनमा उत्रिने तयारीमा पुगेको छ। महासंघले हिजो बिहीवार बसेको बैठकबाट भदौ दोस्रो सातादेखि चरणबद्ध आन्दोलन सुरु गर्ने निर्णय गरेको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, सरकारले शिक्षा ऐन ल्याउने भनिएको म्याद समाप्त भए पनि कुनै ठोस प्रगति नभएकाले आन्दोलन अपरिहार्य भएको हो। “शिक्षा क्षेत्रलाई अन्योलमा राखेर सरकारले लापरवाही गरेको छ। अब हामी संघर्षको बाटोमा जान बाध्य छौं,” सुवेदीले स्पष्ट पारे।

शिक्षक महासंघले यसअघि नै सरकारले प्राथमिकता नदिए शिक्षकमैत्री शिक्षा ऐन ल्याउन दबाबमूलक कार्यक्रम गर्ने चेतावनी दिएको थियो। तर, सरकारको असंवेदनशीलता र ढिलासुस्तीका कारण अब देशभरका शिक्षकहरू आन्दोलनमा उत्रिने तयारीमा छन्।

शिक्षा ऐन नआउँदा शिक्षकको सेवा–सुविधा, सरुवा, पदोन्नति लगायतका विषयहरू अन्योलमा परेको महासंघको ठहर छ। संघीय संरचनाअनुसार विद्यालय शिक्षा प्रणालीलाई स्पष्ट बनाउने उद्देश्यले ऐन आवश्यक रहेकोमा सरकारले ढिलाइ गरिरहेकोप्रति महासंघ आक्रोशित देखिएको छ।

शिक्षक महासंघले निकट दिनहरूमा आन्दोलनको विस्तृत कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ। सरकारले तत्काल गम्भीर ध्यान नदिए शिक्षा प्रणाली नै थप संकटमा फस्नसक्ने खतरा विज्ञहरूले औंल्याएका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link