Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

शेयरबजारमा रातोबत्ती, नेप्से करिब ८० अंकले घट्यो

loading views..
Nepal Telcome

काठमाडौं । साताको पहिलो दिनमै शेयरबजारमा पहिरो जान थालेपछि सेलिङ्ग प्रेस बढ्न गई नेप्से परिसूचक करिब ८० अंकले घट्न पुगेको छ ।

शेयरबजारमा पहिरो गएपनि सस्तोमा शेयर उठाउन खोज्नेपनि सक्रिय हुँदा कारोबार रकममा भने सुधार देखिएको छ।हिजो २०७ कम्पनीको ९६ हजार १५१ पटकको कारोबारमा ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

हिजो कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक मात्रै बढेको छ भने अन्य १२ उपसमूहको परिसूचक घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब २ करोड १६ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

आइतबार नेप्से करिब ८० अंक ओरालो लाग्दा चन्द्रागिरी हिल्सको शेयरमूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन गणपति माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक ७ प्रतिशत घटेको छ।

पछिल्लो समय देशमा विद्यमान राजनैतिक संकट केही दिन लम्बिएर निकास ननिस्कने अनुमान गर्दै लगानीकर्ताहरु वाहिरिन खोज्दा शेयरबजार नकरात्मक बनेको हो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link