Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

अर्थसहित ४ वटा संसदीय समितिको बैठक बस्दैँ

loading views..
Nepal Telcome

काठमाडौं, २६ साउन । अर्थसहित ४ वटा संघीय संसदका संसदीय समितिका बैठक बस्दैँछ।संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।

जसअनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफल हुनेछ ।

उता, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन ब्यावसायी परिषद (दोस्रो संसोधन) बिधेयक सबन्धमा दफावार छलफल हुनेछ, जुन बैठक दिउँसो १ः०० बजेका लागि बोलाइएको छ ।

बिहान ११ः३० बजेवाट सुरू हुने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा हिन्दु कुश हिमालय पार्लियामेन्ट सम्मेलन २०२५ को पत्रकार सम्मेलनका सबन्धमा छलफल हुनेछ भने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ उपर सैद्धान्तिक छलफल हुनेछ। जुन बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link