Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

सात दिनमै सत्तामा संकट ! बागमती मुख्यमन्त्री बानियाँको कुर्सी धरापमा !

loading views..
Nepal Telcome

हेटौडा, २७ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ आज दिउँसो ४ बजे विश्वासको मत लिन संसद् प्रवेश गर्दैछन्, तर उनको कुर्सी अझै सुरक्षित देखिँदैन। साउन २० मा कांग्रेस–एमाले गठबन्धनका ६४ सांसदको समर्थनमा सत्तामा पुगेका बानियाँको भाग्य अब आफ्नै पार्टीका असन्तुष्ट सांसदको हातमा टाँसिएको छ।

प्रदेशसभाको ११० सदस्य मध्ये सरकार टिकाउन ५६ मत आवश्यक छ। तर, बहादुर लामालाई पदच्युत गरेर आएको बानियाँलाई लामा पक्षधरका १४ सांसदको समर्थन नपाएमा सरकार सात दिनमै ढल्ने पक्का छ। स्रोतका अनुसार यी असन्तुष्ट सांसदलाई मनाउने जिम्मा स्वयम् कांग्रेस सभापति शेरबहादुर देउवाले लिएका छन्, तर अन्तिम घडीमा ‘मत घुमाउने खेल’ कसको पक्षमा बस्छ भन्नेबारे अनिश्चितता कायम छ।

संविधानको धारा १६८(४) अनुसार आजको मतदान बानियाँको राजनीतिक अस्तित्वको निर्णायक घडी बन्नेछ। ३० दिनको समयसीमा हुँदाहुँदै उनले सातै दिनमा विश्वासको मत लिन खोज्नु, भित्रभित्रै सत्ता संकट चर्किएको संकेतको रूपमा हेरिएको छ। अब केही घण्टामै बागमतीको सत्ता समीकरण पल्टिने कि स्थिर रहने सर्वत्र चासोको विषय बनेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link