Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

नेशनल लाइफको ‘रिडिफाइनिङ सक्सेस’ ब्रान्च मेनेजर्स सम्मेलन सम्पन्न

loading views..
Nepal Telcome

काठमाडौं, २७ साउन। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “रिडिफाइनिङ सक्सेस” भन्ने नारासहित ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स धुलिखेलको दुषित थानी हिमालयन रिसोर्टमा सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न सम्मेलनमा देशभरका प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीसहित १५० भन्दा बढीको सहभागिता थियो।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष सिंहले बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच दक्षता र मेहनतका साथ लक्ष्य हासिल गर्ने सबै शाखा र कर्मचारीलाई बधाई दिँदै आगामी वर्ष थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरिन्।

सम्मेलनमा चर्चित व्यक्तित्व अनिल केशरी शाहले नेतृत्व विकाससम्बन्धी उत्प्रेरणा तालिम प्रदान गरे भने नेपाल बीमा प्राधिकरणका उप–निर्देशक पदम प्रसाद सोडारीले सम्पत्ति शुद्धिकरणबारे सचेतना प्रशिक्षण दिए।

आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसायिक प्रदर्शन गर्ने शाखाहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको सम्मेलनमा सांगीतिक प्रस्तुति, टग अफ वार, फुटसल जस्ता मनोरञ्जनात्मक गतिविधिहरू पनि आयोजना गरियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link