Skip to content
Pokharapress Logo
१७ जेष्ठ २०८३, आईतवार

बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का

loading views..
Nepal Telcome

गोरखा, २९ साउन । जनताको विश्वास जितेर कुर्सीमा बसेका गोरखा गण्डकी गाउँपालिका–४ का नेपाली काँग्रेस वडा सदस्य लोकराज भट्ट अखिर कानुनी घेराभित्र परेका छन्। उच्च अदालत तुलसीपुर, नेपालगञ्जबाट ७ दिन कैद र ५ लाख जरिवाना सजाय पाइसकेर पनि सार्वजनिक पदमा रहेर ‘फरार’ जस्तै अभिनय गर्ने भट्ट साउन २२ गते आफ्नै घरबाट पक्राउ परेका हुन्।

भट्टले आफ्नो बैंक खातामा पैसा नभएको थाहा हुँदाहुँदै ५ लाख रुपैयाँको चेक काटेका थिए। चेक बाउन्स भएपछि पिडितले अदालत धाएका थिए र अदालतले उनलाई दोषी ठहर गरिसकेको थियो। गाउँपालिकामा नियमित हाजिर भए पनि प्रहरी अभिलेखमा भने उनी फरारको सूचीमा रहेका थिए, जसले कानुनको खिल्ली उडाएको स्पष्ट देखाउँछ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी इन्द्रप्रसाद सुवेदीका अनुसार, अदालतको पत्राचारपछि मात्र प्रहरीले उनलाई पक्राउ गर्‍यो। सजायअनुसारको कैद भुक्तान भए पनि जरिवाना तिर्न नसकेपछि भट्ट पुनः गोरखा कारागार चलान भएका छन्।

यत्तिमै उनको कानुनी संकट टरेको छैन , गोरखा प्रहरीका अनुसार, भट्टमाथि बारा जिल्ला अदालतमा दर्ता भएको अर्को बैंकिङ्ग कसुर मुद्दा समेत बाँकी छ, जसको सुनुवाइका लागि उनलाई फेरि त्यहाँ पठाइनेछ।

जनताले निर्वाचित गरेका जनप्रतिनिधि स्वयं कानुन मिच्ने र सजाय पाइसकेर पनि पदमा बस्ने प्रवृत्तिले स्थानीय राजनीति र शुद्ध शासनप्रणालीको विश्वासमाथि गम्भीर प्रश्न उठाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link