Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

प्रचण्डको समाजवादी यात्राको आधार उत्पादन संघर्ष

loading views..
Nepal Telcome

काठमाडौं, ९ भाद्र। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको समाजवादी यात्राको मुख्य आधार उत्पादन संघर्ष हुने बताउनुभएको छ। पार्टीको आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले सिंगो पार्टी उत्पादनमा केन्द्रित नभएसम्म समाजवाद सम्भव नहुने कुरामा जोड दिनुभयो।

​पार्टीभित्र शुद्धीकरणको आवश्यकता

​अध्यक्ष प्रचण्डले पार्टीका केही नेताहरू दलाल पुँजीवाद, बिचौलिया र चन्दा संकलन गर्ने प्रवृत्तिमा फसेको कारण जनतामा पार्टीप्रतिको विश्वास कमजोर भएको स्वीकार गर्नुभयो। उहाँले भन्नुभयो, “शान्ति प्रक्रियामा आएपछि हाम्रा केही नेताहरू समाजवादी बन्नुपर्नेमा बिचौलिया र दलालजस्ता बने, जसले पार्टीलाई कमजोर बनायो।” उहाँले पार्टीका हरेक सदस्यको सोच र शैलीमा तुरुन्त आमूल परिवर्तनको आवश्यकता औंल्याउनुभयो।

​उत्पादन अभियानको घोषणा

​हेटौंडा महाधिवेशनले पारित गरेको “युद्ध होइन, उत्पादन संघर्ष” भन्ने नारालाई कार्यान्वयन गर्न नसकिएको स्वीकार गर्दै प्रचण्डले अब पार्टीले जनतासँग प्रत्यक्ष जोडिन, समुदायमा फर्कन र उत्पादनलाई प्राथमिकतामा राख्न विशेष अभियान सञ्चालन गर्ने बताउनुभयो। उहाँका अनुसार कृषि, उद्योग, जडीबुटी र पर्यटन जस्ता स्थानीय सम्भावनाहरूमा आधारित आत्मनिर्भर अर्थतन्त्र नै समाजवादको आधार हुनेछ।

​दलाल र बिचौलियालाई पार्टीमा ठाउँ छैन

​सरकारमा रहँदा आफ्नो पार्टीले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि दलाल, नोकरशाही र बिचौलियाविरुद्ध लडेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले यस्ता तत्त्वहरूसँग सम्बन्ध राख्नेहरूलाई माओवादी केन्द्रमा धेरै दिन स्थान नदिइने चेतावनी दिनुभयो। उहाँले भन्नुभयो, “माओवादी केन्द्र नै नेपालमा रूपान्तरणकारी समाजवाद निर्माण गर्ने एक मात्र सम्भावना बोकेको पार्टी हो।”

​बैठकमा पार्टीका उपाध्यक्ष नन्द बहादुर पुन ‘पासाङ’ र केन्द्रीय सदस्य सरदसिंह भण्डारीले क्रमशः विभागको अवधारणा र कार्यविधि प्रस्तुत गर्नुभएको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link