Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

सिर्जना नगरकोटीले चुमिन् यस वर्षको अनलाइन तीज गीत/नृत्य प्रतियोगिताको पहिलो उपाधि

loading views..
Nepal Telcome
नदीपुर दुध

कुमामतो,(जापान),१० भाद्र। हरितालिका तीज पर्व २०८२ को शुभकामना आदान–प्रदान तथा दर खाने कार्यक्रम अन्तर्गत, कुमामोतो नेपाली समाजद्वारा आयोजित अनलाइन तीज गीत/नृत्य प्रतियोगितामा सिर्जना नगरकोटी पहिलो भएकी छिन् । त्यस्तै, संस्कृति मगर र अन्सुमा परियारको जोडी दोस्रो स्थानमा, र आशा बलाल तेस्रो स्थानमा रहन सफल भए ।

विजेता सहभागीहरूलाई क्रमशः २० हजार, १५ हजार, र १० हजार जापानी येन नगद पुरस्कार, होक्काइडो “घी”, र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
समाजकी महिला उपाध्यक्ष रूपा नेपाली सांस्कृतिक संयोजक रहने गरी, निर्णायक मण्डलमा सल्लाहकार सुरेन्द्र डंगोल र नायिका रागिनी खड्गी समेतको सहभागिता थिए ।निर्णायक सुरेन्द्र डंगोलका अनुसार प्रतियोगिताको परिणाम दर्शकको भोट र निर्णायकको अङ्कको आधारमा तय गरिएको थियो ।
कुमामोतोस्थित स्पाइस आरोमा रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. हरिदेवकोटाले विजेता तथा सहभागीहरूलाई बधाई दिँदै भने: “मञ्च ठूलो होस् वा सानो, त्यसको सम्मान गर्नैपर्छ । तपाईं आज सामान्य कलाकार होला, तर कुनै दिन देश चिनाउने कलाकार बन्ने सम्भावना हरेकमा हुन्छ । धैर्यता र अनुशासनसाथ कर्म गर्न कहिल्यै नछोड्नुहोस्।”त्यस्तै, अर्का अतिथि कवि तथा कलाकार मञ्जुल मितेरीले भावनात्मक शैलीमा सन्देश दिँदै सहभागीहरूलाई प्रोत्साहित गरे ।
यसपटकको प्रतियोगिताको प्रथम पुरस्कार एनआरएनए जापानका अध्यक्ष सुभास लामिछाने, दोस्रो पुरस्कार स्पाइस आरोमा रेस्टुरेन्ट, र तेस्रो पुरस्कार आसो फुटबल क्लबले प्रायोजन गरेका थिए । होक्काइडो “घी” र Yehey Remit सह–प्रायोजकका रूपमा थिए। येहे रेमिट द्वारा सञ्चालित लक्की ड्रमार्फत विभिन्न सहभागीहरूले २० हजार येन बराबरको नगद पुरस्कार र होक्काइडो “घी” जितेका थिए ।
कुमामोतो नेपाली समाजका अध्यक्ष रोशन भट्टराईले जापानमा नेपाली समुदायको संख्यामा तीव्र वृद्धि भइरहेकाले समस्याहरू समाधान गर्न समाज र संगठनहरूको भूमिका अत्यावश्यक रहेको बताए ।

उनले भनेकाछन: “हामी फुटेर होइन, जुटेर मात्रै समाधान सम्भव हुन्छ । एनआरएनए जापान र नेपाली दूतावाससँग सहकार्य गर्न हामी तत्पर छौं ।”
तीज पर्वकै सन्दर्भमा कुमामोतोमा सक्रिय आसो फुटबल क्लबले लोटस इन्डो नेपाली रेस्टुरेन्टमा दर खाने तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समाजका अध्यक्ष रोशन भट्टराईले खेलकुद र समाज बीचको सम्बन्धको चर्चा गर्दै क्लबसँग सहकार्य गर्न सधैं इच्छुक रहेको बताए ।
एनआरएनए क्युसुका सह–संयोजक पवन अधिकारीले सांस्कृतिक तथा सामाजिक पर्वहरूलाई मिलेर मनाएझैं, साझा समस्या समाधानमा पनि समाज र क्लबले महत्वपूर्ण भूमिका खेलेको बताए । त्यस्तै, एनआरएनए क्युसु सदस्य बद्री सापकोटा र सुजन कटुवालले पनि शुभकामना मन्तव्य राखेका थिए ।
क्लबका म्यानेजर बिपिन घलेले बिदेशमा रहेपनि खेल क्षेत्रमार्फत देश र समाजलाई चिनाउन मद्दत मिलेको बताए ।क्लब संयोजक मदन गुरुङले चाडपर्व र रीतिरिवाजलाई जहाँ गएपनि सम्मानपूर्वक सम्झनु आवश्यक रहेको भन्दै, भावनात्मक एकताको सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link