Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

एमाले महाधिवेशन: प्रतिनिधिका लागि घर–कोठामै बसोबास व्यवस्था

एमाले महाधिबेशन

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौँ । नेकपा (एमाले)ले आगामी ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका लागि बसोबासको वैकल्पिक व्यवस्था मिलाएको छ।

सम्पर्क समन्वय कमिटीका सचिव आर.सी. लामिछानेका अनुसार काठमाडौं आउँदा आवास र भोजनमा समस्या पर्ने प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर–कोठामा राख्ने व्यवस्था गरिएको छ। महाधिवेशन आयोजक कमिटीले यसपटक औपचारिक आवास व्यवस्थापन नगरेकाले यस्तो विकल्प अपनाइएको बताइएको छ।

प्रदेशगत रूपमा बसोबास समस्या हुने प्रतिनिधिको विवरण संकलन भइरहेको कमिटीले जनाएको छ। करिब २ हजार २०० प्रतिनिधि सहभागी हुने महाधिवेशनमा आयोजक प्रतिनिधिका लागि ३ हजार र निर्वाचित प्रतिनिधिका लागि २ हजार रुपैयाँ शुल्क तोकिएको छ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुनेछ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link