Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

अख्तियारमा मुद्दा चलेपनि मन्त्री!

loading views..
Nepal Telcome

पोखरा।राष्ट्रपति कार्यालय, शीतलनिवासमा शुक्रबार आयोजित औपचारिक कार्यक्रममा नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसपछि राष्ट्रपति रामचन्द्र पौडेलले श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई आजै मन्त्री पदमा नियुक्त गरेका हुन्।

क्याबिनेटमा समावेश चारजना मन्त्रीहरूमध्ये श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्रालय, माधव चौलागाईंलाई वन मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम मन्त्रालय र कुमार इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।

नवनियुक्त मन्त्रीमध्ये श्रद्धा श्रेष्ठ विगतमा भ्रष्टाचारसम्बन्धी मुद्दामा परेका कारण विशेष रूपमा चर्चामा छिन्। काठमाडौं निवासी श्रेष्ठ नेपाल पर्यटन बोर्डमा करिब २४ वर्षदेखि कार्यरत वरिष्ठ प्रबन्धक हुन्। उनले अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीबाट आर्थिक विकासमा अध्ययन पूरा गरेकी छन् र फुलब्राइट फेलोसमेत भएकी छन्।

२०७१ चैत २० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन बोर्डमा देखिएको अनियमिततासम्बन्धी प्रकरणमा २३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा श्रेष्ठ पनि प्रतिवादीका रूपमा उल्लेख गरिएको थियो। उनीसँगै विमल शर्मा कँडेल, समिर बज्राचार्य, जितेन्द्र भट्टराई, नम्रता श्रेष्ठ, सूर्य थपलिया, सुमन घिमिरे, रोहिणी प्रसाद खनाल, दीपकराज जोशी, सुदन सुवेदी, सन्तोष विक्रम थापा, लेखनाथ भुसाल र प्रदीप बस्नेत पनि आरोपीको सूचीमा परेका थिए। अख्तियारले उनीहरूविरुद्ध ६९ करोड रुपैयाँ विगोसहित मुद्दा दायर गरेको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link